लुम्बिनीमा पनि राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी

रुपन्देही । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् ।

पाण्डे चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे ।

कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।कुल ३ सयमध्ये २ सय ९७ जनाले मतदान गरेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १४ जना र प्रदेशसभाका ८३ जना गरी २ सय ९७ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...