गण्डकीमा १६ जनाको मृत्यु,६८८ जना संक्रमणमुक्त, ४७३ नयाँ थपिए

पोखरा, जेठ १८ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जना सक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो विवरण अनुसार पोखराका अस्पतालहरुमा उपचाररत ८ जनासहित गण्डकी प्रदेशका थप १६जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६९४ पुगेको छ ।

मृतकहरु कास्कीका ३ जना, तनहुँ जिल्लाका २ जना,  स्याङ्जाका  ३ जना, बाग्लुङका १ जना, म्याग्दीका १ जना,  पर्वत जिल्लाका १ जना, नवलपुरका ४ जना र रुपन्देहीका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।त्यस्तै गण्डकीमा मंगलबार ६८८ जना कोराना संक्रमणमुक्त भएका छन् भने ४७३ नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा सक्रिय संक्रमितको संख्या १०४२४ पुगेको छ । सक्रिय संक्रमित मध्य १००८१ जना होमआइसोलेसनमा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...