गण्डकीमा एकै दिन १३७२ ले जिते कोरोना, १३ को मृत्यु, ८३८ नयाँ थपिए

पोखरा, जेठ १९ गते । गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १३७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरैले कोरोना भाइरस संक्रमण जितेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीमा पछिल्लो समय कोरोना संक्रमण निको हुने दर बढेको छ । हालसम्म गण्डकीमा ३३२५१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल संक्रिय संक्रमितको संख्या ९८७९ जना रहेका छन् । गण्डकीमा कुल परीक्षण १९८१२७ जनाको भएको छ । गण्डकीमा कोरोना संक्रमणबाट ७०७ जनाले ज्यान गुमाएका छन् । यता बुधबार गण्डकीमा १३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...