दुखीलाई दुलालको सहयोग

कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भए पश्चात दैनिक कामकाज गर्दै जीवन यापन गर्नेहरुले निकै कठिनाई भोग्नु परिरेको छ ।


त्यसै क्रममा दैनिक कामकाज ठप्प हुनाका कारण असहज परिस्थितीमा रहेका दिन दुखी तथा असहायहरुका लागि सामाजिक दायित्वलाई महसुस गर्दै सहयोगीको रुपमा विभिन्न खेलकुद क्षेत्रका नेतृत्वहरु पनि अगाडी बढि रहेका छन् । त्यस्तै सहयोगीको रुपमा अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, पूर्व खेलाडी एवं एपिएफका टेबल टेनिस प्रशिक्षक राजेन्द्र दुलाल र उनकी पत्नी समिक्षा दुलाल पनि देखिएका छन् । दुलाल दम्पतीले निषेधाज्ञाका कारण दैनिक आय आर्जन नभई असहज परिस्थिीमा रहेका ५०० परिवारलाई खाद्य सामाग्री प्रदान गरेर सहयोग पु¥याएका छन् ।

ठमेल पर्यटन बिकास परिषदका सदस्य समेत रहेका दुलालले प्रत्येक परिवारका लागि ५ केजी चामल, एक केजी च्युरा, दाल, सोयाविन मस्यौरा र एक लिटर तेल प्रदान गरेका दुलाले जानकारी गराए ।

स्वास्थ्यले मात्र नभई दैनिक कमाई गरेर खानु पर्ने ब्यक्तिहरुलाई आर्थिक कठिनाई हुनाका कारण खानामा समस्या पनि पर्ने भएकोले हामीले केहि खद्यान्नको अभावलाई सहज बनाउने कोशिस गरेका हौ दुलालले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...