प्रदेशका बिकास आयोजनाको अनुगमन

पोखरा ,जेठ २१ गते ।विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि सबै क्षेत्र प्रभावित बनेको छ ।

तर निषेधाज्ञा जारी भएपनि विकास आयोजनाको काम भैरहेको छ । कास्कीमा पनि बैशाख १५ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा कायमै छ । गण्डकी प्रदेशका ११ जिल्लामा विकास निर्माणका काम निर्बाध रुपमा भैरहेका छन् । कास्कीका तीन निर्वाचन क्षेत्रमा संघीय, प्र्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेका विकासका आयोजनाको काम तिव्र रुपमा भैरहेको छ । कति विकास आयोजना सम्पन्न भएका छन भने केहीको निर्माण कार्य जारी रहेको छ ।

गण्डकी प्रदेश सभा सदस्य राजिब पहारी कोरोनाका कारण सृजित लकडाउनले जनताको जीवन कस्टकर बन्दै गएको भन्दै उनीहरुलाई खाद्यान्न सहयोग वितरण सहित विकास आयोजनाको अनुगमनमा ब्यस्त बनेका छन् ।सांसद पहारी र मित्रकुमारी सुवेदीले संंसद विकास कोषबाट बनेका योजनाको संयुक्त रुपमा अनुगमन गरिएको हो ।

 

सांसदद्धय पहारी र सुवेदी,जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री अधिकारी, पोखरा महानगरका उपप्रमुख मन्जुदेबी गुरुङ र प्राबिधिकहरु सहित उक्त वडामा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण र अनुगमन गरिएको हो सांसद पहारीका स्वकिय सचिब साजन सुबेदीले जानकारी दिए। अनुगमनका क्रममा योजनाहरुका गुणस्तरीयताका बारेमा प्राधिकहरुले जाँच गरेका थिए । सांसद पहारी र सुवेदीले अपुरा आयोजनालाई बजेट व्यवस्थाका लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कास्कीकोट, सरांकोट, मालेपाटन र लेकसाइडमा निर्माणाधिन आयोजनाका अनुगमन गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...