पोखरामा कोरोना विरुद्धको खोप जेठ २७ गते लगाइने( खोप केन्द्रको नाम सहित)

पोखरा, जेठ २४ गते । पोखरा महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोप को पहिलो मात्रा लगाउन ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।

६२ वर्ष पुरा भएका ६५ वर्षमुनिका नागरिकलाई खोप लगाइने भएको हो । पोखरा महानगरपालिकाले सोमबार खोप लगाउने स्थान सहित खोप लगाउने मिति सार्वजनीक गरेको छ । जेठ २७ गते पोखराका २७ केन्द्रबाट खोप लगाइने जनाएको छ ।

खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...