राष्ट्रिय संगितकर्मि संघ कास्कीद्वारा ४३ परिवारलाई राहत वितरण

ऋषिराम दाहाल पाेखरा राष्ट्रिय संगितकर्मि संघ कास्कीले४३घर दुरीलाई राहत वितरण गरेकाे छ।काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठ ले अाम नेपाली टिभी लाई जानकारी गराए। सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र याे पटक पनि लकडाउनकाे बेला सहयाेग गरेकाे कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए ।राहत लिदै सुत्केरी महिलाकि श्रीमान् युवराज बजगाई ले राष्ट्रिय संगितकर्मि संघ कास्कीको लाई धन्यवाद ब्यत्त गरेका छन् ।

समाजसेवी तथा खाष्टे ताल विकास समितिकाे अध्यक्ष हरि प्रसाद अधिकारी ले राष्ट्रिय संगितर्मि कर्मि संघ कास्कीले राहत बितरण गर्दा खुसि रहेको र राष्ट्रिय संगितकर्मि संघ कास्की सँग कुनै पनि सहयाेग गर्ने तब्बर रहेको बताए ।समाजसेवी ईन्द्र राज रानाभाटले समाज सेवामा राष्ट्रिय संगितकर्मि अगाडि रहेकाे बताएका छन् ।बरिस्ठ पत्रकार भिमनिधि बरालले राष्ट्रिय संगितकर्मि संघ कास्कीको नियमित कार्य प्रती धन्यवाद दिदै धेरै धेरै धन्यवाद दिएका छन्। राष्ट्रिय संगितकर्मि संघ कलाकारकाे हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै जाने संस्था रहेको कास्की जिल्ला ईन्चार्ज लिला पाैडेलले बताए ।

 

संगितकर्मि संघ कास्कीको राहत वितरणमा हाम्रो पनि समर्थन रहेको र यस संस्था सँग जाेडिएर कलाकार काे हकहितका लागि काम गर्ने तयार रहेकाे दाेहीरी ब्यबसाय संघ कास्कीका काेषाधक्ष जय कुमार परियारले बताए ।राहत वितरण लकडाउन अबधि भर रहने र यसकाे सबै सुचना अाम नेपाली टिभीले दिने कार्यक्रम सहसंयाेजक राजन सुबेदीले बताएका छन। कार्यक्रममा सस्थाका सल्लाहकार फर्ष बहादुर भाट क्षेत्री, सल्लाहकार नारायण प्रसाद सिक्देल संगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी समाजसेवी मित्रलाल सिक्देल सहभागीता रहेकाे थियोे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...