पोखराका विपन्न परिवारलाई विवेकशील साझाको खाद्यान्न

पोखरा ।विवेकशील साझा पार्टीले खाद्यान्न अभाव समस्या भोगेका झण्डै १ सय परिवारलाई राहत सहयोग गरेको छ ।अति विपन्न, श्रमिक, मजदुर, फरक क्षमता भएका नागरिकलाई लक्षित गरी खाध्यान्न वितरण अभियान गरिएको विवेकशील साझा पार्टी पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए ।

पश्चिमांचलन क्षेत्रीय अस्पतालमा कोभिड बिरामीलाई लक्षित गरी आयोजना गरिएको ‘तातो भात अभियान’ लाई  प्रशासनले रोकेपछि पार्टीले राहत तथा खाद्यान्न वितरण कार्यक्रमलाई गत आइतबारबाट संचालनमा ल्याएको हो ।

कोभिड महामारीको दोश्रो लहर सुरु भएपछि पार्टीले कोभिड रेस्पोन्स टिम गठन गरेको थियो । सो टिमका संयोजक अशोक खड्काका अनुसार फेवातालमा डुंगा व्यवसायमा आश्रित खपौँदीका १ दर्जन जलारी परिवार, पोखराका विभिन्न स्थानमा बस्ने फरक क्षमता भएका २ दर्जन परिवार, विपन्न वर्गका झण्डै ३ दर्जन परिवारलाई अहिलेसम्म लगभग २ लाख बराबरको खाद्यान्न तथा नगद सहयोग गरिएको हो ।

राहत तथा खाद्यान्न सहयोग पाउनेमा नयाँ बजार, खपौँदी, हरियाली मार्ग, नयाँ गाउँ, अमरसिंह, पुरानो धारा, काहुँ खोला , कसेरी, बगर, डिको पाटन र पोखराका विभिन्न स्थानका अशक्त र फरक क्षमता भएका परिवार छन् ।

सो अभियानमा खाध्यान्न वा नगद सहयोग गर्न चाहनु हुने महानुभावले ९८५६०३२६६९, ९८५६०१५५०५ र ९८५६०८१८१८ मा सम्पर्क गरी अभियानलाई सहयोग गर्न सकिने विवेकशील साझा पार्टी कास्की जिल्ला संयोजक फणिन्द्र अधिकारीले बताए । संयोजक अधिकारीका अनसार पार्टीले अन्नपूर्ण र माछापुच्छ«े गाउँपाालिकामा पनि खाद्यान्न तथा राहत कार्यक्रम गर्दैछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...