गण्डकीमा १० जनाको मृत्यु, ५१८ नयाँ थपिए, १०७३ संक्रमणमुक्त

पोखरा, जेठ २५ गते । गण्डकी प्रदेशमा मंगलबार १० जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका ३ जना, नवलपरासीका १ जना, तनहुँका १ जना, पर्वतका २ जना, लमजुंगका १ जना र स्यांजाका २ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा अहिलेसम्म ७८९ जनाको मृत्यु भएको छ ।गण्डकीमा मंगलबार ५१८ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका २३२, नवपरासीका ३१, स्यांजाका १२, बाग्लुंगका १७, तनहुँ ५, लम्जुलंगका १२, गोरखा १०६, पर्वत ८७, म्याग्दीका १५ जना र मुस्तांगका १ मा संक्रमण पुष्टि भएको छ ।

 


गण्डकीमा पछिल्लो २४ घण्टामा १०७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १२८२ जनाको स्वाब परीक्षण गरिएको थियो भने १६२४ को नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ७९०० रहेको छ । मोहआइसोलेसनमा रहेकाको संख्या ७३७५ रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ७७९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...