टानद्धारा पदयात्रा मजदुरलाई खाद्यान्न बितरण

पोखरा, जेठ २६ गते । पथप्रर्दशक र सहयोगीहरुलाई राहत वितरण गरिएको छ । ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमान्चल क्षेत्रीय संघ पोखराको आयोजना तथा कर्मा फ्लाईट्स फाउन्डेसन नेपालको साझेदारी र नेपाल पर्यटन बोर्डको सहयोगमा पदयात्रा मजदुरहरु (पथप्रदर्सक र सहयोगीहरु) लाई खाद्यान्न वितरण गरिएको छ ।


विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो लहर तिव्र रुपमा फैलिएसंगै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण पदयात्रा मजदुहरुलाई दैनिकी सञ्चालनमा समस्या भएपछि राहत वितरण गरिएको हो । कोरोनाका कारण पदयात्रा क्षेत्र ठप्प भएका कारण मजदुरको रोजीरोटी बन्द भएको भन्दै टानले राहत वितरणको व्यवस्था मिलाएको हो ।

राहतमा चामल, दाल, चना÷केराउ, तेल, नुन, मस्यौरा, साबुन बितरण गरिएको टानले जनाएको छ । बुधबार १३० जना अति बिपन्न पदयात्रा मजदुरहरु, गाईड र सहयोगीहरुलाई राहत वितरण गरिएको हो । कास्की र नेपालको बिभिन्न ठाँउहरुबाट रोजगारीका लागी पोखरामा परिवारको साथमा घरभाडामा बसेका, बिगत १ बर्षदेखि पदयात्रामा बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरका कारण निशेधाज्ञाले घरबाहिर निस्कने अवस्था नहुदा यथेस्ट संचित खाद्यान्नको अभाबभै चुल्हो बल्न समस्या भएका कारण तत्काल राहतको आवस्यकता भएका अति बिपन्न पदयात्रा मजदुरहरुको राहत वितरण गरिएको टान पोखराका द्धितिय उपाध्यक्ष कृष्णपसाद आचायले जानकारी दिनुयो ।

अभियान तत्कालको चुल्हो बाल्ने मात्र अल्पकालिन समस्या समाधानको लागी भएको र नेपालको पदयात्रा पर्यटनले पुनः गति लिएर लयमा फर्कनका लागी कति समय लाग्ने एकिन नभएकाले राहत वितरण उपलब्ध गराइएको हो ।पदयात्रा मा आश्रीत मजदुरहरुको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाई राख्नका लागी नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र बिभिन्न निकायहरुसंग टानले अनुरोध समेत गरेको छ ।

पोखरा महानगरपालीका वडानं ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भटराई, टानका अध्यक्ष शुसीलराज पौडेल टान पोखराका द्धितिय उपाध्यक्ष कृष्णपसाद आचार्य, टान पोखराका पुर्व अध्यक्षहरु टिकाराम सापकोटा ,सोम बहादुर थापा, आन्तरीक पर्यटन प्रर्वद्र्धन समीतीका संयोजक अग्नी कडेल लगायतले कोरोना संक्रमणबाट पर्यटन क्षेत्रमा सबैभन्दा बढि प्रभावित भएको बताउदै तीनै तहका सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...