अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा सहयोग

अन्नपूर्ण (मराउँचे), जेठ २६ गते ।अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा ४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । आइतवार एक कार्यक्रमका बीच नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले हेल्पलाइन संयोजक विराज सुवेदीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा माक्स, भाइजर, अक्सीमिटर, पीपिई, सेनिटाइजर थर्मल गन, ग्लोब्स्, सावुन, स्प्रे बोटल र जनचेतनामूलक व्यानर सहित रु. ६२ हजार बराबरका सामग्री प्रदान गरिएको हो।

कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथी अन्नपूर्ण १ का वडाध्यक्ष भरतजंग कुँवरले हेल्पलाइनको कार्य प्रशम्सनीय रहेको चर्चा गर्दै स्थापनाको केही सातामै संस्थाले उल्लेख्य कार्य गरेको औँल्याउनु भयो ।वडामा हालसम्म २१ जनामा कोरोना संक्रमण देखिएको तथ्य अगाडि सार्दै वडाध्यक्ष कुँवरले मनोवल उच्च राखेको खण्डमा कोरोनालाई सजिलै परास्त गर्न सकिने जनाउनुभयो।

 

नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय स्वास्थ्य अन्र्तगत कोभिड नियन्त्रणमा क्रियाकलाप केन्द्रीत गरेको स्पष्ट पार्नुभयो ।उहाँले पारदर्शिता र सक्रियता भएको ठाउँमा नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पनि पार्नुभयो। हेल्पलाइन संयोजक विराज सुवेदीले अन्नपूर्णका जनता तथा विभिन्न संघसंस्थाको सहयोग संस्थाले यथेष्ठ प्राप्त गरेको चर्चा गर्नुभयो।उहाँले संस्थाका गतिविधीलाई अन्नपूर्ण वासीले महायज्ञका रुपमा ग्रहण गरेको स्पष्ट पनि पार्नुभयो।

 

हेल्पलाइन सह–संयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना संक्रमितको उपचारका लागि निःशुल्क एम्वुलेन्सको व्यवस्था गरेको र संक्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिनुभयो।उक्त अवसरमा कार्यपालिका सदस्य गंगा कुँवर, वडा सदस्य इन्द्रप्रसाद सुवेदी, समाजसेवी शोभाखर अधिकारी, महिला स्वास्थ्य स्वयम्सेविका बालिका सुवेदी लगायतले पनि धारणा राख्नुभएको थियो।

 

उहाँहरुले कोरोनाको यो महामारीमा नेलम्बो र हेल्पलाइनका क्रियाकलापले जनताको मनोबल बढेको, हेल्पलाइनले कोेभिड विरामीका अलवा अन्य रोगीलाई पनि सेवा दिइरहेको, दुवै संस्थाको क्रियाशिलता राम्रो रहेको लगायतका धारणा राख्नुभयो ।उक्त कार्यक्रम हेल्पलाइन सचिव शिवहरी सुवेदीले सहजीकरण गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...