पोखरामा आज कोरोना विरुद्धको खोप लगाइदै

पोखरा, जेठ २७ गते । पोखरामा आज कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाइदै छ । पोखरा महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९ विरुद्ध चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आज खोप लगाउन लागिएको हो ।


६२ वर्ष पुरा भएका ६५ वर्षमुनिका नागरिकले मात्रै खोप लगाउन पाउने छन् । पोखराका २७ केन्द्रबाट खोप लगाइने जनाएको छ ।खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...