कास्कीका खगराज अधिकारी बने गृहमन्त्री

पोखरा, जेठ २७ गते । कास्कीले पहिलो पटक शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएको छ । विघठित प्रतिनिधि सभामा कास्की क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद खगराज अधिकारीले देशकै शत्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका हुन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।

तर प्रधानमन्त्री ओलीको पक्षमा उनी संसदमा विपक्षीमाथि खरो ढंगले प्रतिबाद गर्थे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेका थिए ।

तर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन । गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बने । अधिकारी सधै केपी ओलीको पक्षमा वकालत गदै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...