नवनियुक्त मन्त्रीहरूले लिए सपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।नयाँ सात मन्त्रीलाई राष्ट्रपति तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...