गण्डकीमा १८ जनाको मृत्यु, ५६६ नयाँ थपिए, ८०८ संक्रमणमुक्त

पोखरा, जेठ २७ गते । गण्डकी प्रदेशमा बिहिबार १८ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका ७ जना, गोरखाका ३ जना, नवलपरासीका २ जना, तनहुँका १ जना, म्याग्दी १ जना, बाग्लुंग ३ जना, स्यांजा १ जना, संक्रमितको मृत्यु भएको छ । गण्डकीमा बिहिबार ८०८ नयाँ संक्रमित थपिएका छन । ३३२ पुरुष र ३३१ नयाँ थपिएका हुन । थपिएका मध्य कास्कीका ११८, नवपरासीका ९५, स्यांजाका ४७, बाग्लुंगका ८१, तनहुँ ७१, लम्जुलंगका ५१, गोरखा ७८, पर्वत ४, म्याग्दीका २१ जनामा संक्रमण पुष्टि भएको छ ।


गण्डकीमा पछिल्लो २४ घण्टामा ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १६३३ जनाको स्वाब परीक्षण गरिएको थियो भने १०६७ जनाको नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ६५६० रहेको छ । होमआइसोलेसनमा रहेकाको संख्या ६००९ रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ८१७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...