कास्कीकोटमा कोरोना संक्रमणबाट मृत्क परिवारलाई आर्थिक सहयोग

पोखरा /पोखरा महानगरपालीका वडा नम्वर २४ कास्कीकोटले संक्रमीत तथा मृत्कको घरदैलो कार्यक्रम गरेको छ । वडा  स्तरीय कोभीड नियन्त्रण तथा व्यवस्थापन समितीले वडा भरमा  रहेका संक्रमतीहरुको स्वास्थय अवस्था बारे जानकारी लिदै आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरेको छ । कोभिडबाट मृत्यु भएका परिवारका सदस्यहरुलाई आर्थीक सहयोग समेत गरेको छ ।


कोभीड नियन्त्रण तथा व्यवस्थापन समितनै निमार्ण गरी वडामा थप रोग संक्रमण फैलन नदिन विभीन्न सामाजीक संघ सस्थाहरुसगँ सहकार्य गरी अगाडी वडेको वडा अध्यक्ष ओम प्रसाद सुवेदीले जानकारी दिनु भयो । समितीले वडामा निमार्ण गरेको समिती मातहत विभीन्न ठाउँमा स्वास्थय हेल्प डेक्स स्थापना गरी स्वास्थ परार्मश तथा माक्स सेनीटाइजर आवश्यक औषधी वितरण गर्दै आएको वडा सदस्य तथा कार्यापालीका सदस्य सन्तु सुवेदीले वताउनु भयो ।

कोरोनाबाट मृत्क धनकाजी सुनारका परिवारलाई समितीले २० हजार आर्थीक सहयोग गरेको छ । वडा फैलिएको कोरोना नियन्त्रणको लागी विभीन्न ठाउँमा पिसिआर परिक्षणको दायरा समेत वढाउदै लगेको वडा सदस्य सोमनाथ भटराईले वताउनु भयो । वडाका कुनै संक्रमतीतमा कुनै स्वास्थय समस्या आउन साथ तत्काल त्यसको व्यवस्थापन गर्न वडा कार्यालयले तत्तपर रहेको वडा सचिव कुसुमराज सुवेदीले वताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...