भिन्तुनाको तातो भातमा  मेक अ चेन्जको पौष्टिक आहार 

पोखरा १ असार/कोरोना कालमा पोखराका दुई संस्थाले कोभिडका विरामी तथा उनीहरुको उपचारमा संलग्न प्राविधीकहरुलाई खानाको  व्यवस्थामा जुटेका छन् । पोखरा तेर्सापट्टीमा रहेको भिन्तुना युवा क्लव तथा मेक अ चेन्ज नेपाल नामक संस्थाले तातो भात तथा फलफुल वितरण गर्दै आएको चेन्ज नेपालका विपना कुँवरले वताउनु भयो ।


विरामीहरुलाई यो संक्रमणको बेला पौष्टीक आहारको कमी भएको महशुस गरी संस्थाका सदस्यहरुले आफ्नै खर्चमा आर्थीक व्यवसथापन गरी कोभिड डिपाटमेन्ट फ्रन्टलाइनहरुलाई खाना तथा कोभीडका विरामीलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी अभियान सुरु गरेको सदस्य पदम सिटौलाले बताउनु भयो ।

गएको हप्ता देखि भिन्तुना क्लव मेक ,मेक अ चेन्ज नेपालले जि. एम. सि.क्याफे सगँको सहकार्यमा कोभीडका विरामी सगै डाक्टर नर्स तथा प्राविधक टोलीलाई माग अनुसारको फलफुल तथा पौष्टिक आहार वितरण गर्ने गरेको भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठले वताउनु भयो ।

पोखराको पृथ्वीचोकमा रहेको जि. एम. सि. हस्पीटलमा रहेको कोभीड विरामीहरुले निषेधाज्ञाका कारण आवश्यक खाना तथा पौष्टिक आहार नपाएको गुनासो आए पछि संस्थाहरुले आफ्नै आर्थीक सहयोगमा यो अभियान संचालन गर्दै आइरहेको छन् । अहिले ४५ जनालाई पौष्टिक आहार स्वरुप कहिले आप , स्याउ , खरभुजा,कटर तथा फलफुल जुसहरु वितरण गर्दै आएको कुवँरले वताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...