४७ औं जन्मदिनको अवसरमा कला प्रदर्शनी

पोखरा । कलाकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनीको आईतबार एक भर्चुअल कार्यक्रमको माध्यमद्वारा उद्घाटन भयो ।

कार्यक्रममा प्रमुख अतिथि बरिस्ठ साहित्यकार महानन्द ढकालले बिक्रम शिशिरले गरेको कलाकारीतामा मेहनत निकै चुनौतीपूर्ण रहेको बताउदै कुनै कुराको वास्ता नगरी विभिन्न चुनौतिका छिचोल्दै निरन्तरता दिन सक्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुभयो । ढकालले नेपाली कलाकार पनि कलाबाट नै बाच्न सक्ने वातावरण बन्नु पर्नेमा जोड दिदै यस्तो खाले भर्चुअल कार्यक्रम पहिलो पटक भएको र बिक्रमलाई प्रेरित गर्ने नगेन सिंह ठकुरीको साथ श्रहानिय भएको बताउनु भयो ।

 

गरीरहेको पेसा त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने कुरामा बिश्वस्त हुन सक्नु र सबै खालका चुनौतीसँग संघर्ष गर्न सक्नु नै बिक्रम शिशिरको सफलताको कारण भएको ढकालको भनाई छ । उहाँले कलाकार शिशिर एक्लैले चाहेर मात्र नहुने र समन्वय, सहकार्य, सहभागिता र धैर्य हुन सकिएनं भने कुनै कुराको स्थाईत्व नहुने बताउदै कला र कलाकारीतामा तिता मिठा अनुभवहरु राख्दै परिवार, साथि भाइ शुभचिन्तक, आलोचक लगायत प्राज्ञ, ललितकला कर्मी, साहित्यकार, संचारकर्मीलाई आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कथाकार सुमीत्रा न्यौपानेले एकल कला प्रदर्शनी शिशिरको मात्र नभई सिङ्गो कोहलपुरको भएको बताउँदै हार्दिक बधाई ज्ञापन गर्दै न्यौपानेले आफू चित्रकार बिक्रम शिशिरका कला कृतिका पारखी भएको बताउनु भयो । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको उपाध्यक्ष समेत रहनुभएका शिशिरको कलाकृति अभियानमा आफूपनि सँगसँगै रहेको बताउदै दैनिक जसो चित्र बनाउने भयकोले अब कस्तो खालको आउँछ होला भन्ने कौतुहलता हुने र सुन्दर तथा मनमोहक चित्र कोर्नसक्ने क्षमताले तथा मेहनतले शिशिरको परिचय स्थापित गरेको भन्दै न्यौपानेले प्रशंसा गर्नु भयो ।

संचारकर्मी तथा साहित्यकार खगेन्द्र अधिकारी अमृतले बिक्रम शिशिर कोहलपुरको मात्र नभई समग्र बाँके तथा लुम्बिनी तथा कर्णाली प्रदेशको पनि गहनाको रूपमा परिचित कलाकार भएको बताउदै एक असल मन कुशल कलाकारीता र कलात्मक बिचारको त्रिकोणात्मक संगम रहेको जनाउनु भयो । उहाँको चित्रकला र उहाँका साहित्यका बान्की पनि उत्तिकै सुन्दर हुने बताउनु भयो ।

 

नगेन न्यूज पब्लिकेशनका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष ज्योति हमालले काठमाडौँ रहदा कलाकारीता र पत्रकारिता गरिएको र अरूले मोफसलका कुरा गरेको स्मरण गर्दै काठमाडौँमा बस्ने कलाकार, साहित्यकार वा पत्रकार मोफसलकालाई कुनै वास्ता नगरेको दुखेसो गर्नुभयो । उहाँले मोफसल सोचलाई अन्त्य गर्न धधध।लबनभलबचत।अयm को स्थापना गरेको जानकारी दिदै यहि सिलसिलामा कलाकार बिक्रम शिशिरको ३० दिने एकल चित्रकला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको बताउनु भयो । अब नेपाली कला पनि विश्व सामु पुग्नु पर्ने बताउनु भयो ।

साहित्यकार केशवराज शाही ‘निमेष’, कलाकार आयुष्मा ढकाल, आस्विन कोइरालाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए ।बिश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कलाकार उषा सुबेदीले गर्नु भएको थियो । प्रदर्शनीमा उनका ४७ वटा कलाकृतिहरू राखिएको छ । शिशिरका कलाकृतिहरू गुगलमा गई धधध।लबनभलबचत।अयm मा भिजीट गर्न सकिन्छ । चित्रकला बिक्रीमा पनि रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...