पोखरा विश्वविद्यालयले प्रकाशन गरेका क्यालेण्डर अनेरास्ववियूद्धारा जफत

पोखरा, असार ३ गते ।क्यालेण्डरमा लिपुलेक लिम्पियाधुरा सहितको नक्सा प्रकाशित नगरेको भन्दै विद्यार्थीले क्यालेण्डर जफत गरेका छन् । पोखरा विश्वविद्यालयले प्रकाशित गरेको नयाँ भित्तेपात्रोमा नेपालको नयाँ नक्सा प्रकाशित नभए पछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

                                                   

लिपुलेक लिम्पियाधुरा सहितको चुच्चे नक्सा क्यालेन्डरमा नदेखे पछि अनेरास्ववियुले विश्वविद्यालयको स्टोरमा रहेको क्यालेन्डर जफत गरि नयाँ नक्सा सहित पुनः प्रकाशित गर्न एक हप्ताको अल्टिमेटम दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...