गण्डकीमा संक्रमित भन्दा संक्रमणमुक्त हुने दोब्बर,संक्रिय संक्रमित ३ हजार ७ सय ५१

पोखरा, असार ७ गते ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको भन्दा निको हुने संख्या दोब्बरले बढेको छ जेठ तेश्रो साताबाट निको हुनेको संख्या बढेकोे हो । गण्डकीमा हालम्म ४७ हजार ७ सय ७४ जना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दोश्रोे लहरको जोखिम विस्तारै घटेको तथ्यांकले देखाउ छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा संक्रमणको दर घटेको छ । मनांग, मुस्तांग र गोरखामा आइतबार संक्रमित थपिएनन् भने स्यांजामा २ जनामा मात्र पोटेटिभ देखियो । लमजुंग र म्यादीमा आठ आठ जनामा संक्रमण पुष्टि भयो । यसरी हेर्दा जिल्लाहरुमा संक्रमितको संख्या घटेको छ । गण्डकी प्रदेशमा हाल संक्रिय संक्रमित ३ हजार ७ सय ५१ जना रहेका छन् । एक हप्तामा कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय ५५ जना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...