पत्रकार बास्तोलाको १३ औं पुण्यतिथिमा महासंघ कास्कीको श्रद्धाञ्जली सभा

पोखरा ।नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार यज्ञप्रसाद बास्तोलाको १३ औं पुुण्यतिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । पत्रकार बास्तोलाको कोरोना संक्रमणका कारण निधन भएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य त्रिभूवन पौडेलले पत्रकार बास्तोलालाई सच्चा राष्ट्रप्रेमी व्यक्तिका रुपमा सम्झिए । उनले बास्तोला मिलनसार व्यक्ति भएको उल्लेख गरे । युवाहरु विदेश गएको प्रति सँधै चिन्ता राख्ने जीवनको उतार्धसम्म पनि बास्तोला पत्रकारितामा नै सक्रिय रहेको उनले बताए । आज आफुले एक प्रेरणाका व्यक्ति गुमाउनु परेको भनाई उनको थियो ।


महासंघका केन्द्रिय सदस्य सरिता पंगेनी तिम्सिनाले एक असल अध्यात्मिक र सच्चा पत्रकारलाई गुमाउँदा दुख लागेको बताइन् । उनले हालसम्म कोरोनाका कारण २० जना पत्रकारको निधन भएको जानकारी गराइन् । पछिल्लो समय कोरोना महामारीको कारण देखाउँदै संचारगृहले श्रमजीवि पत्रकारलाई जागिरबाट निकालेको प्रति पत्रकार महासंघ केन्द्रको ध्यानाकर्षण भएको उनले उल्लेख गरिन् । आजबाट संचारगृहको अनुुगमन समेत थालिएको उनले बताइन् । उनले महासंघले विरामी भएर अस्पताल भर्ना भएका पत्रकारलाई रोगको प्रकृति हेरेर आर्थिक सहयोग गर्ने बताइन् । उनका अनुसार पत्रकार महासंघले स्वास्थ्य सुरक्षा र पेशागत सुरक्षामा ध्यान दिएको छ ।

प्रेस स्वतन्त्र सेनानी नारायण भट्टराईले पत्रकार बास्तोलासँग आफुले धेरै समय बिताएको जानकारी गराए । दिएको जिम्मेबारी पुुरा गर्ने पत्रकारका रुपमा सम्झिए । हरेक कुरामा आफै अघि सर्ने स्वभाव बास्तोलामा भएको उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वर्र्गीय बास्तोलाको बारेमा जानकारी गराए । २००८ सालमा जन्मिएका पत्रकार बास्तोला शुुरुमा शिक्षण पेशामा आबद्ध भएको उनले बताए । शिक्षण पेशा पछि मात्र पत्रकारितामा लागेका बास्तोलाले आदर्श समाज राष्ट्रिय दैनिकमा १० वर्ष काम गरेको उनले बताए । पत्रकार सँधै स्वतन्त्र रहनुपर्छ भन्ने मान्यतामा हिँडेका बास्तोलाका अनुुकरणीय गुणहरुलाई आत्मसाथ गर्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पत्रकार बास्तोलालाई अध्यात्मिक जागरण, बौद्धिक क्षमता भएका व्यत्तित्वका रुपमा परिचित गराए । कसैप्रति पूर्वाग्रह नराखी कर्मप्रति बफादार रहने पत्रकार बास्तोलालाई गुमाउँदा मर्माहत भएको उनले बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले महासंघले एक असल अभिभावक गुमाएको बताइन् । दुुई महिना नबित्दै महासंघले फेरि अर्का साधारण सदस्य गुमाउँदा दुुख लागेको बताइन् । उनले आफु पत्रकार बास्तोलाकै हौसला स्वरुप यहाँसम्म आएको जानकारी गराइन् ।  महासंघ पत्रकारका दुुखमा सँधै साथ रहेको प्रतिबद्धता उनको थियो । अस्पतालमा भर्ना भई आर्थिक अभावका कारण समस्यामा परेका पत्रकारलाई समेत आफुहरुले सहयोग गरेको जानकारी उनले गराइन् ।

 

पत्रकार महासंघले उपचार कोषको आन्तरिक तयारी गरिरहेको र आर्थिक समस्याका कारण उपचार नपाएर कुनै पनि पत्रकार अप्ठेरोमा पर्नुुपर्ने स्थिति नआउने उनले बताइन् ।उपाध्यक्ष राम प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सह—सचिव श्रीकान्त सिग्देलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...