राष्ट्रिय संगितकर्मि संघ कास्कीको राहत वितरण जारी

पोखरा । राष्ट्रिय संगितकर्मि संघ कास्कीले सोमबार पोखरा महानगरमा भाडामा बस्ने, दैनिक ज्यालादारी काम गरेर जिबिकोपार्जन गर्ने २२ घर परिवारलाई राहत वितरण गरेकाे छ । काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गर्न लागेको संघका सह सचिव तथा राहत बितरण कार्यक्रमका सहसंयाेजक राजन सुबेदीले अाम नेपाली टिभी लाई जानकारी गराए।

कलाकारहरूलाई मात्रै सहयोग गर्दै आएकोमा यस पटक समस्यामा परेका जो कोहि लाई केही मलम लगाउनकाे लागि राहत वितरण गरेकाे संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए । राष्ट्रिय संगितकर्मि संघ कलाकारकाे हकहित सगै सामाजिक उत्तरदायित्व बहन गर्दै जाने संस्था रहेको संघ गण्डकी प्रदेश सदस्य तथा कास्की जिल्ला ईन्चार्ज लिला पाैडेलले बताए । राहत वितरण लकडाउन अबधि भर रहने र यसकाे सबै सुचना अाम नेपाली टिभीले दिने कार्यक्रम सहसंयाेजक राजन सुबेदीले बताए । राहत कार्यक्रम संस्थाका उपाध्यक्ष सागर कार्की , सल्लाहकारहरु नारायण सिग्देल र कृष्णबहादुर रानाभाटकाे उपस्थिति रहेको थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...