सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह

काठमाडौँ, असार ८ गते । यातायात व्यवासायीले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेका छन् । लामो समय निषेधाज्ञा हुँदा सार्वजनिक यातायात क्षेत्र अति प्रभावित भएकाले स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरिएको हो ।


सुन्दर यातायातले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने सुझाव पेस गरेको छ । सो अवसरमा सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा मागपत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बारअनुसार अन्य क्षेत्र ख्ुला गरिसकेपछि सार्वजनिक यातायात क्षेत्रलाई मात्र रोक लगाउनुको तुक नहुने सुन्दर यातायातले जनाएको छ । यातायातका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, “अरू क्षेत्र खुला भयो, सार्वजनिक यातायात क्षेत्रलाई किन रोकिरहनुप¥यो ?”सार्वजनिक यातायात बन्द गर्दा यात्रु ठगिनु परेको सुन्दर यातायातले जनाएको छ । मनलाग्दी भाडा उठाएर निजी प्लेटका गाडीले यात्रु ओसारिरहेकाले ठगी रोक्न पनि सार्वजनिक यातायात खुला गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ ।

नेपाल यातायात व्यवासायी राष्ट्रिय महासङ्घले पनि सार्वजनिक यातायात खुला गर्न दबाब दिइरहेको जनाएको छ । गत वर्षको बन्दाबन्दीले भन्दा अहिलेकोले बढी प्रभावित बनाएको महासङ्घले जनाएको छ । यस पटक राहत वितरणसमेत नभएको र मजदुरहरू बढी प्रभावित भएकाले भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर यातायात खुला गर्नुपर्ने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले बताउनुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...