ओलम्पिक दिवसमा खेल प्रदर्शन

पोखरा । नेपाल मुआथाई एशोसिएसन पोखराका खेलाडी तथा प्रशिक्षकहरुले ओलम्पिक दिवस माउथाइ खेल प्रर्दशन गरि सम्पन्न गरेका छन ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले गरेका थिए । उतm अवसरमा खेलाडीहरुलाई ओलम्पिक बारे जानकारी गराउदै राम्रो तालिम र राम्रो नतिजाको लागि आह्वान गरे ।

 

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय खेलकुद परिषदका पुर्व मुख्य प्रशिक्षक एवम् पुर्व सदस्य, नेपाल ओलम्पिक कमिटि स्पोर्ट फर अल कमिसनका गण्डकीका पुर्व अध्यक्ष खड्गबहादुर रानाभाटले ओलम्पिक खेलाडीहरुको कु्म्भमेला भएकाले ओलम्पिक डे लाई सम्मान गरि एउटा पर्वको रुपमा मनाउन सम्पुर्ण खेलाडी, प्रशिक्षक र खेल संघहरु लाग्नु पर्ने वताए । खेलाडी, खेल आयोजक, संघका सदस्यहरु कुनैपनि ब्यतिmको झोला नबोकी आफ्नो स्वाभिमान, अनुशासन र गतिशिलतालाई अगाडी राखि देशको खेलकुदका लागि डटेर खटेर काम गर्नुपर्ने बताए ।

 

उतm अवसरमा मुआथाई संघ पोखराका अध्यक्ष दिपक गोदारले ओलम्पिक दिवसमा प्राप्त यस अवसरको प्रशंसा गर्दै यस्ता दिवसहरुले खेलाडिहरुलाई पुनर्ताजगि गराउने बताए ।उक्त कार्यक्रममा ३५ जान खेलाडी तथा प्रशिक्षकहरुले सहभागीता जनाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...