गण्डकी प्रदेश प्रहरी गतिविधि

बागलुङ : सवारी दुर्घटना

मिति २०७८।०३।०८ गते अन्दाजी ०६:१० बजेको समयमा जिल्ला बागलुङ बागलुङ नगरपालिका-७ रातामाटा स्थित मध्य पहाडी लोक मार्गमा दोबिल्लाबाट बागलुङ सदरमुकामतर्फ आउदै गरेको ध १ त ८३ नम्बरको खाली ट्याकटर अचानक सडकबाट अन्दाजी १५ मिटर तल खस्न जाँदा उक्त ट्याक्टरको सहचालक जिल्ला बागलुङ बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने वर्ष १८ को सरोज बि.क.घाईते भई उपचारको क्रममा धवलागिरी अस्पताल बागलुङमा  मृत्यु भएको, उक्त स्थानामा प्रहरी टोली खटी गई चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

कास्की : मानिस मृत अवस्थामा फेला

मिति २०७८।०३।०७ गते अन्दाजी २२:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-२३ कार्कीको तगरो स्थित माझथुम बस्ने वर्ष ४४ को नारायण प्रसाद अधिकारी साथीहरु संग ऐ.नयाँबस्ती स्थित यु.एण्ड यु.घले रेष्टुरेण्टमा गई मादकपदार्थ सेवन गरी घर फर्कने क्रममा हराएको भन्ने खबर प्राप्त हुनासाथ  उक्त स्थानमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा ऐ.ककरे स्थित हर्पन खोलाको बिच भागको पानीमा तैरी मृत अवस्थामा फेला परेको,घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

नवलपरासी पूर्व : खोलामा डुबी वेपत्ता

मिति २०७८।०३।०८ गते अन्दाजी ११:४५ बजे जिल्ला नवलपरासी पूर्व बिनयी त्रिवेणी गाँउपालिका-३ होङसी गेटको नजिकै रहेको डुम्रेखोलाको ड्याममा जिल्ला बझाङ बेहुलीकोट बस्ने अन्दाजी वर्ष २१ को लक्ष्मण बोहरा  व्यक्ति पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटी गई खोजतलास गरी शव  बाहिर निकालिएको, घटनाको विषयमा थप अनुसन्धान भईरहेको  ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...