बैकल्पिक ल्याण्डफिल्ड साईड लागि जग्गा खोजी गर्न समिति गठन गर्ने महानगरको निर्णय

पोखरा, असार ८ गते । पोखरा महानगरपालिको ५० औ नगर कार्यपालिकाको वैठक महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले नवौंं नगर सभालाई सुव्यवस्थित संचालन गर्न नगर सभा संचालन कार्यक्रम कार्यतालिका स्वीकृत गरेको छ ।

बैठकले सभामा प्रस्तुत गरिने कार्यक्रमहरु आ.व. २०७८÷०७९ को समष्टिगत नीति तथा कार्यक्रम, राजश्व नीति तथा करका दरहरु समेतको आर्थिक विध्येयक समेत पारित गरेको छ । नबौं नगर सभामा पेश गर्ने, वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने र अन्तिम स्वीकृतिको लागि नगर सभामा पेश गर्ने निर्णय बैठकले गरेको महानगरका प्रवत्ता धनबहादुर नेपालीले बताउनुभयो ।

त्यस्तै बैठकले पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेका वडा नं. १४ को हालको सेनिटरी ल्याण्डफिल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएकोले वैकल्पीक ल्याण्डफिल्डका लागि उपयुक्त जग्गा खोजी वा खरिद गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

जग्गा खोजी र आवश्यक भएकाले त्यसको लागि जनप्रतिनिधि, वातावरणविद, ल्याण्डफिल विज्ञ, प्राविधिक, समेत अन्य जानकार व्यक्ति रहेको ल्याण्डफिल जग्गा खोजी गर्ने समिति गठन गर्ने र सो समितिले सरोकारवाला सबैसंग छलफल गरि महानगलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

यता महानगरपालिकाका कर्मचारीको नियुक्ती, बढुवा, आचरण, विभागीय कारवाही, अवकाश, अवकाश सुबिधा जस्ता विषयका कामकारवाहीमा बाधा परेकाले तत्कालको लागि यी समस्या समाधान गर्न र पछि संघ सरकार र प्रदेश सरकारबाट ऐन निर्माण भएपछि संशोधन गर्नुपर्ने विषयमा संशोधन गर्ने गरि विधायन समितिबाट तैयार भै पेश भएको पोखरा महानगरपालिकाको कर्मचारी सेवा बिध्येयक, २०७८ स्वीकृत गर्ने र अन्तिम स्वीकृतीको लागि नगर सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नीजि सार्वजनिक साझेदारी ऐन अन्तर्गत पोखरा महानगरपालिका र फेवा सिल्टेसन ड्याम प्रा.लि. का बिच फेवा जलाधार क्षेत्रमा बनेको सिल्टेसन ड्यामम जम्मा हुने ढुंगा, माटो, गिटी, वालुवा संकलन तथा उक्त बांध र फेवा किनाराका जग्गा संरक्षणको लागि आवश्यक पुर्वाधार निर्माण गर्ने सम्बन्धी सम्झौताको सम्बन्धमा उठेका गुनासोहरु बारे सरोकारवालाहरु संग छलफल गरि समस्या समाधान गर्ने निर्णय गरेको छ ।

 

त्यसका लागि प्रमुख प्रशासकीय अधिकृत महेश बराल, वडा नं २४ का अध्यक्ष ओम प्रसाद सुबेदी, वडा नं. २३ का अध्यक्ष विष्णु पराजुली, सहितको टिमले सिल्टेसन ड्याम रहेको सो क्षेत्रमा सरोकारवाला स्थानीय प्रतिनिधि विच छलफल परामर्श गर्ने निर्णय गरेको छ । बैठकले महानगरपालिका खेलकुद विकास विकास ऐन, २०७५ को दफा ३ (झ) बमोजिम महानगर खेलकुद विकास समितिको सदस्य सचिव पदमा पोखरा महानगरपालिका वडा नं.–३२ निवासी सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...