पोखरा महानगर खेलकुद विकास समितिको सदस्यसचिवमा सुवास खड्का नियूक्त

पोखरा, असार ८ गते । पोखरा महागनरपालिका खेलकुद विकास समितिको सदस्यसचिवमा सुवास खड्का नियूक्त हुुनुभएकोछ ।

पोखरा महानगरपालिको सोमबार बसेको ५० औ नगर कार्यपालिकाको वैठकले खड्कालाई सदस्यसचिवमा नियूक्त गरेको हो । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न बैठकले महानगरपालिका खेलकुद विकास विकास ऐन, २०७५ को दफा ३ (झ) बमोजिम महानगर खेलकुद विकास समितिको सदस्य सचिव पदमा पोखरा महानगरपालिका वडा नं.–३२ निवासी खड्कालाई नियुक्त गरेको हो ।

 

खेलकुद विकास ऐन अनुसार समितिको अध्यक्षको सिफारिसमा सदस्यसचिव नियूक्त गर्ने व्यवस्था गरिएको छ । खड्का रग्वी संघ, कराँते लगायत खेलसंग सम्वन्धित रहनु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...