संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा अक्सिजन प्लान्ट

पोखरा, असार ९ गते । पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुो ।प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधी बेदुराम भुसाल सहितको टोली मंगलबार नेपाल आईपुगेको छ । प्लान्टका उपकरण सहित ईन्जिनियरको टोली बुधवार अस्पतालमा आईपुग्नेछन् ।प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्वीड अक्सिजन उत्पादन हुने बताईएको छ ।

गैर आवासीय नेपाली समाज बेल्जियमसमेतका विभिन्न संस्थाहरुको सहयोगमा लगभग दुई करोड मुल्य बराबरको प्लान्ट जडान हुनेछ । कोरोना महामारीका बेला साविकको लेखनाथ सामुदायीक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रमक तथा सरुवा रोग अस्पतालका रुपमा बिकास गरीएको थियो । हाल अस्पतालमा ७५ शैया रहेका छन् । कोरोना कहरका बिचमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हेतुका साथ अस्पतालमा प्लान्ट स्थापनाका लागि सहयोग जुटाएको पुरी फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत बेदराज पुरीले जानकारी दिए ।

 

अस्पतालका निर्देशक डाक्टर बिकास गौचनले फाउण्डेसनको पहलमा स्थापना हुने अक्सिजन प्लान्टले लेखनाथमा रहेका विरामीको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरे । गौचनले भने – फाउण्डेसनको पहलमा भएको यो सहयोगले अब लेखनाथमा कोही पनि विरामी अक्सिजन अभावका कारण ज्यान गुमाउन पदैन ।’

फाउण्डेसनमार्फत अस्पतालमा प्लान्ट स्थापनाका लागि निरन्तर पहल गरेका पूर्व मन्त्री तथा नेपाली कांङ्ग्रेसका नेता यज्ञ बहादुर थापाले प्लान्ट स्थापनापछि कोभिड वा जुनसुकै रोगका विरामी अब अक्सिजनकै खोजीमा पोखराका अस्पताल चहार्न नपर्ने विश्वास ब्यक्त गरे । लेखनाथवासीका लागि यो एउटा अमुल्य उपहार र पुरी फाउण्डेसनको बृहत सहयोग रहेको उल्लेख गर्दै नेता थापाले स्वास्थ्य क्षेत्रमा राज्यका निकायसहित अन्य संघसंस्थाले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए । त्यस्तै नेपाली कांग्रेस कास्कीका शभापति कृष्ण केसीले लेखनाथको अस्पतालमा अक्सिजन प्लान्ट बनेपछि त्यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परीवर्तन आउने बताए ।

 

उनले कास्कीका गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीहरुलाई पनि उपकरणका हिसाबले सुविधा सम्पन्न बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ । मंगलबार प्लान्ट ग्रहण गर्न राजधानी पुगेका उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले पनि एउटा सामान्य स्वास्थ्य सुविधाका लागि स्थापना गरीएको अस्पतालमा १ सय ५० शैयालाई पुग्ने अक्सिजन प्लान्ट स्थापना हुनु गौरवको विषय भएको भन्दै पुरी फाउण्डेसन बेल्जियम सहित सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् । कार्गो विमानमार्फत नेपाल् ल्याईएको प्लान्ट जडान गरी अक्सिजन उत्पादनका लागि कम्तीमा एक साता लाग्ने फाउण्डेसनले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...