ओलम्पिक डे मा पश्चिम पृतनामा मैत्रीपूर्ण फुटबल

पोखरा, असार ९ गते । पोखरामा ओलम्पिक डे विभिन्न कार्यक्रम गरी मनाइएको छ । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै आज जुन २३ ओलम्पिक डे का अवसरमा पश्चिम पृतना हेडक्वाटर विजयपुरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । हेडक्वाटरका समुह ए र वी वीचको खेल समुह बीले जितेको छ ।

समुह बील समुह ए लाई ४–२ गोल अन्र्तरले पराजित गदै प्रथम भएको छ । प्रथम हुन सफल समुह बीले खसी जितेको छ । विजेता टिमलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव तेजबहादुर गुरुङ, पश्चिम पृतनाका पृतनापति विनयबिक्रम राणा, खड्गबहादुर रानाभाटले खसी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ओलम्पिक डे को अवसरमा पृतना अन्र्तगतका मुल्महरुमा बास्केटल, भलिबल प्रतियोगिता सञ्चालन भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...