पोखराले बाढि पहिरो प्रभावित हेलम्बु र मेलम्चीलाई १०÷१० लाख सहयोग गर्ने

पोखरा, असार १० गते । पोखरा महानगरपालिकाले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आर्थिक वर्ष २०७८÷७९ वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

 

उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय तहलाई १०÷१० लाख रुपैयाँका दरले सहयोग गर्ने बताउनुभयो । ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो ।सहयोगले पालिकहरुवीच सम्वन्ध र पीडामा साथ रहेको अनुभुति हुने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...