महानगरको बजेटमा खेलकुद : विभिन्न कार्यक्रम र प्रतियोगितालाई १ करोड ५५ लाख

पोखरा, असार १० गते ।पोखरा महानगरपाकिाले आगामी आर्थिक वर्षका लागि बिहिबार सार्वजनीक गरेको छ । महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको आय व्ययको विवरण पेश गर्नुभयो । बजेटमा खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैया बजेट छुट्टाएको छ ।

बजेटमा आहारारा गोल्डकप यस सहरको पहिचानको रुपमा स्थापित भइसकेको उल्लेख गरिएको छ । बजेटमा पोखरा म्याराथन प्रतियोगितालाई यस सहरको अर्को खेल क्षेत्रको महत्वपूर्ण वार्षिक गतिविधिको रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।’ उपमेयर मन्जुदेवी गुरुङले बजेट भाषणमा भन्नुभयो । महानगरपालिकाले खेलकुद गतिविधिलाई छुट्टाएइको १ करोड ५५ लाख रुपैयाँबाटै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत खर्च गरिने सम्भावना रहेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताउनुभयो ।

 

छुट्टाइएको बजेटबाटै विद्यालय तथा अन्य खेल गतिविधि सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । बजेटलाई महानगर खेलकुद विकास समितिले समन्वय गरी सम्बन्धीत इकाईलाई आवश्यक सहजीकरण गर्ने समेत उल्लेख गरिएको छ । ‘विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै खेलकुद गतिविधिमा संलग्न हुने अवसर तथा खेलाडी उत्पादन गर्न टेवा पुर्याउन उद्देश्यसहित अन्तर विालय मेयर कप आयोजना गरिने छ ।’ उपमेयर गुरुङको भनाई थियो । महानगरले पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । जस अन्तर्गत खेलकुद पूर्वाधार समेत रहेका छन् । बजेट भाषणमा खेलकुदका पूर्वाधार बारे खुलाईएको छैन भने बार्षिक कार्यक्रम कितावमा खुलाइने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...