पोखरा म्याराथनलाई १०, स्पोर्टस अवार्डलाई ३ र आहा गोल्डकपलाई २ लाख विनियोजन

पोखरा, असार ११ गते । आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि पोखरा महानगरपालिकाले सार्वजनीक गरेको बजेटमा पोखरा म्याराथन, आहा रारा गोल्डकप र पोखरा स्पोर्टलाई बजेट विनियोजन गरेको छ ।

भूतपूर्व खेलाडी मञ्चले आयोजना गदै आएको पोखरा म्याराथनलाई सहरको खेल क्षेत्रको महत्वपूर्ण वार्षिक गतिविधिको रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको बताउदै १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गदै आएको पोखरा स्पोर्टस अवार्डलाई ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

बजेटमा रकम उल्लेख नगरिपनि बार्षिक बजेट पुस्तकमा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै पोखराको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि विगतको सहयोग कायम राख्ने उल्लेख बजेट भाषणमा गरिएको छ । बजेट भाषणमा बजेट उल्लेख नगरिएपनि गत वर्षकै रकम २ लाख रुपैयाँ व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...