मनाङका बाढि प्रभावितलाई सहयोग जुटाउदै युवा संघ

पोखरा, असार १२ गते ।मनाङका विभिन्न ठाँउका बाढि प्रभावितलाई युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिले सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश कमिटिका संयोजक महेन्द्र गुरुङले राहतका लागि सहयोग सकलन गरिरहनु भएको छ । बाढि प्रभावितको सहयोगार्थ युवा संघ मतहतका जिल्ला, क्षेत्र र वडा कमिटिहरुलाई सहयोगका लागि आह्वन गरिएको छ ।

विपद्का बेला सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो, नेपालीको पीडामा नेपालीले मलहम लगाउनुपर्छ । तर आफनै प्रदेशभित्र रहेको मनाङका पीडितको पीडामा साथ दिनुपर्छ भन्ने सोचले सहयोग संकलन गरिरहेका छौ ।

युवा संघ गण्डकीले गरेको आह्वानमा साथ दिदै रास्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला, रूपा गाउँपालिका, मादी गाउँपालिका,माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिका कमिटीले सहयोग गरेका छन् । उनीहरुले संकलन गरेकोे एक मुष्ठ रकम युवा संघ कास्कीकाका संयोजक पानबहादुर जिसीले प्रदेश संयोजक महेन्द्र गुरुङलाई हस्तान्तरण गर्नुभयो । ७५ हजार रुपैयाँको चेक शनिबार हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...