प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप गर्ने तयारी

काठमाडौं, असार १४ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दै छ । आजकाे  बैठकले जारी निषेधाज्ञाको बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ ।

अहिले काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय जानु भएकाे र ११ बजेतिर उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठक बस्ने जिल्ला प्रशासन कार्यालय काठमाडाैंक सूचना अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयाे ।

जारी निषेधाज्ञा एक हप्ता थप हुने र अन्य केही क्षेत्र खुकुलो बनाइने भएको छ । हिजो बसेको बैठकले सार्वजनिक गाडी चलाउन दिने वा नदिने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकोले आज पुनः बेठक बसेर सार्वजनिक यातायातकाे विषयमा पनि निर्णय गर्नेछ ।

सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग आए पनि हिजो निर्णय लिन सकिएन अहिले यस बारेमा पनि निर्णय सार्वजनिक गर्र्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अरु कुन– कुन क्षेत्र थप खुकुलो हुन्छन् भन्ने प्रश्नमा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समयतालिका हेरफेर हुन्छ र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिनेछाैं उहाँले भन्नुभयो ।  पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...