तरुण दल जिल्ला सदस्यमा गुरुङ मनोनित

पोखरा, असार १५ गते ।नेपाल तरुण दलको कास्की जिल्ला सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनित भएका छन् । उनलाई नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् । मनोनित भएका गुरुङ यसअघि नेपाल आदिवासी जनजाती संघ पोखरा ३१ क वडा शभापति रहेका थिए ।

जिल्ला सदस्यमा मनोनित भएपछि गुरुङले तरुण दल तथा कांग्रेसलाई बलियो बनाउन आफुले उल्लेख्य भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । जिल्ला शभापति मनोज गुरुङले पनि तरुण दललाई पोखराका हरेक वडा तथा जिल्लाका सबै पालिकाहरुमा मजबुत बनाउने र संगठनको नेतृत्व सबै स्थानमा पु¥याउने उदेश्यका साथ गुरुङलाई जिल्ला सदस्यमा मनोनयन गरेको जानकारी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...