पदयात्रा बिपन्न मजदुरहरुलाई राहत बितरण 

पोखरा, असार १७ गते । बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोभिड– १९ का कारण नेपालको पर्यटनको प्रभाबित बनेको छ । पर्यटन  पदयात्रा क्षेत्र नराम्ररी प्रभाबित भै पदयात्रा मा आश्रीत श्रमजिवी मजदुरहरु रोजगार बिहिन हुन पुगेका छन ।

पर्यटकीय सिजनहरुमा पर्यटकको भारिबोकि उच्च हिमाली क्षेत्रहरुमा पदयात्रा सहयोगीको रुपमा काम गरेर जिवीकोपार्जन गर्ने मजदुरहरु पर्यटनको शुन्य गतिबिधीसंगै एकातिर कोरोनाको भयाबह स्थिती र संक्रमणको त्रास, अर्कोतिर निषेधाज्ञाको कारण घर बाहिर निस्कन नसक्ने अवस्थामा रहेका छन ।

 

अत्यन्त बिपन्न बर्गका त्यस्ता पदयात्रा मजदुरहरुलाई लक्षीत गरि तत्काल राहत बितरण गरिएको छ । ७७ जना टे«किङ सहयोगी मजदुरहरुलाई  ५ हजार रुपैंयाँका दरले वितरण गरिएको छ ।टान पोखराको आयोजना, टान केन्द्रका अध्यक्ष खुमबहादुर सुबेदीको समन्वय र हङकङ स्थित मिक्स एन्ड म्याच कम्युनिटी अध्यक्ष दिननाथ  बगालेको आर्थिक सहयोगमा राहत वितरण गरियो ।

 

बिभिन्न जिल्लाबाट आएर पोखरालाई कर्मथलो बनाई परिवारको साथ घरभाडामा बसिरहेका पदयात्रा मजदुरहरुको लागी यो तत्कालको अत्यावश्यक राहत मात्र हो । बिषम परिस्थिती मा रहेका श्रमजीबीका परिवारहरुलाई तत्कालको आवश्यकता पुर्तिका लागी राहत बितरण गरि खुसी ल्याउन पाउनु सुखद क्षण हो भने नेपालका पदयात्रा पर्यटनका श्रमीकहरुले राहत मागेर खान पर्ने अवस्था आईपर्नु अत्यन्त मार्मिक र पिडादायी बनेको छ ।

 

सधैं भरि यसरी राहत मात्र बितरण र ग्रहण नै समस्याको समाधान पक्कै पनि होईन । पदयात्रा पर्यटनले गति लिएर लयमा नफर्कदासम्मको लागी श्रमीकहरुको लागी अल्पकालिन र दिर्घकालिन रोजगार सृजनाका कार्यक्रमहरु ल्याएर यथाशिघ्र कार्यान्वयन गराई मजदुरहरुको समस्या समाधान गर्नका लागी नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...