समाजसेवी घिमिरेको निधन

पोखरा, असार २० गते । रुपा ५ देउराली स्थायी जन्मघर भई हाल पोखरा ३२ सातमुहाने निवासी बलबहादुर घिमिरे क्षेत्रीको दुखद् निधन भएको छ । अचानक हृदयघातका कारण घिमिरेको शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्पष्ट वक्ता, कुशल सामाजिक व्यक्तित्व, उदार दिलका पर्याय घिमिरे विभिन्न समाजिक , राजनीतिक, धार्मिक तथा विकास निर्माण कार्यमा उदार दिलका साथ दान दाताका रुपमा सदैव अग्रस्थानमा सुपरिचित हुनुहुन्थ्यो ।

विश्वशान्ति मावि देउरालीको उमावि सञ्चालानार्थ सर्वाधिक चन्दादाता वि.सं.२०५४, विश्वशान्ति माविकै स्तरोन्नोतिका लागि श्रीमद्भागवत ज्ञान पुराण महायज्ञ २०७६ मा रुपा गाउँपालिकभरिबाटै सबैभन्दा धेरै दान दातका रुपमा घिमिरे विद्यालयको आजीवन तथा मानार्थ अध्यक्षका रुपमा सम्मानित हुनुभएको थियो ।

 

विद्यालय सञ्चालनार्थ मानार्थ अध्यक्ष, भञ्ज्याड. ऋण तथा बचत सहकारीको कार्यबहाक अध्यक्षको जिम्मेवारी, ठूलोवन सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष, पूर्व भारतीय सेना तथा हाल सफल उद्यमी लगनशील कृषको अमिट छाप छोड्न सफल घिमिरेको आइतबार सेतीनदीस्थित सतीघाट पावरहाउसमा परम्परागत रुपमा अन्त्यष्टि गरिएको उहाँका भान्जा सुशील केसीले जानकारी दिनुभयो ।

 

स्थानीय निर्वाचन २०५४मा देउराली गाविसमा कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी समेत रहनुभएका घिमिरे नेपाली कांग्रेस देउराली इकाइको सल्लाहकारका रुपमा रहनुभएको थियो । आइतबार उहाँको पार्थिव शरीरमा कास्की कांग्रेस सभापति कृष्ण केसी, पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा, महाधिवेशन प्रतिनिधि प्रकाशमोहन खनाल, कांग्रेस नेता सुदीप मोहन भट्टराई , रुपा ५ इकाइ सभापति रविराज घिमिरे, नेतृ अप्सरा श्रेष्ठलगायतले पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । घिमिरेका एक श्रीमती, एक छोरा, ४ छोरी रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...