सिर्जना चौतारीको वृक्षारोपण

पोखरा, असार २३ गते ।पोखरा महानगरपालिका वडा नम्बर ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर एवं गुरुकुल संस्कृत विद्यालयको प्राज्ञणमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको आयोजनामा यो कार्यक्रम गरिएको हो । कार्यक्रममा कागती, आँप, लिची, बेलौती नासपती, रुद्राक्ष र अशोका लगायतका विभिन्न विरुवा रोपिएको क्लबका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।

लायन्स क्लब अफ ३२५ बि १ नेपालका डिष्ट्रिक ट्रि प्लान्टेसन डिपार्टमेन्ट चिफ बसन्त गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाइजर बालकृष्ण बराल, डिष्ट्रिक मोडल भिलेज डिपार्टमेन्ट चिफ जित बहादुर थापा गोपाल, डिष्ट्रिक पिआरओ राजु बराल, लायन्स क्लब अफ उन्नती चौतारीका प्रथम उपाध्यक्ष मोहनराज आचार्य, राधाकृष्ण मन्दिर तथा गुरुकुल संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश केसि, सचिब घश्याम खनाल, सदस्य रामचन्द्र सिग्देल, प्रधानध्यापक केशबराज पौडेल, लायन्स क्लब अफ सिर्जना चौतारीका प्रथम उपाधक्ष जनक बहादुर कार्की, द्वितिय उपाध्यक्ष दिपक तिमिल्सिना, तृतिय उपाध्यक्ष उमापति ढकाल, सचिब शान्त्ति सिग्देल, कोषाध्यक्ष ऋषिराम पौडेल लगायतको सहभागीता रहेको अध्यक्ष कार्कीले बताए । पवित्र ठाउँमा वृक्षारोपण कार्यक्रम गरेर क्लवले सरानिय कार्य गरेको सहभागीको प्रतिक्रिया रहेको थियो । रोपेका विरुवाको गोडमेल तथा उचित संरक्षण आवश्यक पर्नेमा उनीहरुको जोड थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...