काँग्रेस कोभिड सूचना समिति कास्कीद्वारा सहयोग

पोखरा, असार २३ गते । नेपाली काँग्रेस कोभिड १९ सूचना समिति कास्कीले बुधबार दुई वटा स्वास्थ्य संस्थालाई सहयोग गरेको छ ।समितिले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित नागडाँडा स्वास्थ्य चौकी र माछापुच्छ«े गाउँपालिका २ स्थित सार्दीखोला स्वास्थ्य चौकीलाई सहयोग गरेको हो ।

दुवै स्वास्थ्य संस्थालाई एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन र स्वास्थ्य सामाग्री सहयोग गरेको हो । समितिका संयोजक दिवसमान प्रधानाङ्गले ति सामाग्री हस्तान्तरण गर्नुभएको थियो । यसअघि पनि समितिले स्वास्थ्यकर्मीका लागि पिपिई सहयोग गरेको थियो ।कार्यक्रममा बोल्दै संयोजक प्रधानाङ्गले महामारीमा बेला सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समितिको तर्फबाट सहयोग जारी रहने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, सदस्य उमेशराज पराजुली, अन्नपूर्ण गाउँपालिका वडा नं २ का अध्यक्ष चुडामणि अधिकारी, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका सचिव कृष्ण प्रसाद सुवेदी, वडा नं २ का सभापति लोकराज भण्डारी, माछापुच्छ«े गाउँपालिका वडा नं १ का अध्यक्ष वीरेन्द्र गुरुङ, २ का अध्यक्ष विक्रम गुरुङ, नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका सभापति मधुसुदन अधिकारी, समितिका सदस्य महेश तिमिल्सिना र स्वास्थ्यकर्मी लक्ष्मी बयलकोटीले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...