खेलकुदको विकासका लागि सहकार्य र समन्वयको खाँचो : प्रदेश सभा सदस्य थापा

पोखरा, असार २३ गते ।गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले खेलकुदको विकासका लागि तीन वटै सरकारका वीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको छ । ओलम्पिक डे को अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद र कास्की जिल्ला खेलकुद विकास समितीको आयोजनमा सम्पन्न गण्डकी प्रदेश मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेता बिद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रमा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतालाई आत्मसाथ गदै समन्वय सहकार्य र सहअस्तित्व स्वीकार गरेर खेलकुदको विकासमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

खेलकुदका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र खेलसंग सम्वन्धित संरचनाहरु वीच सकार्य भएमात्रै सफलता प्राप्त गर्न सकिन्छ उहाँले भन्नुभयो,‘ सबै क्षेत्रले आत्मसम्मान गर्न गरी खेलकुद क्षेत्रलाई ब्यवस्थित रुपमा अगाडी बढाउनुपर्छ । त्यसले मात्रै नतिजा प्राप्त गर्न सकिन्छ ।’ कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद परिषद र समितिलाई कोरोना भाइरस संक्रमणको अवस्थामा क्रियाशिल बनाउन विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । परिषद र जिल्ला गठन हुने वित्तिकै कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि खेलकुद गतिविधि गर्न सकेनौ उहाँले भन्नुभयो, ‘त्यसैले राहत वितरण, सचेतनामुलक कार्यक्रम र भर्चुअल मार्फत बक्तृत्वकला प्रतियोगिता आयोजना ग¥यौ ।’

 

कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र नगद तथा सहभागी विद्यालय र सहयोगी खेल संघहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । विजेता खेलाडीलाई प्रदेस सभा सदस्य कृष्ण थापा, प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, परिषद कार्यकारी सदस्य दिलबहादुर गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष महेन्द्र गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन समितिका सचिव भीम पराजुलीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...