कर्मशीलद्वारा आर्थिक सहयोग

पोखरा, असार २५ गते । कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ ।


संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिनुभयो । संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्णुमाया गुरुङ, स्वास्थ्य उपसमिति संयोजक तीर्थमाया गुरुङ, बजार प्रवद्र्धन उपसमिति संयोजक सोनी ढेवाजु, सदस्यहरू सावित्री खड्का, लक्ष्मी गुरुङ, सागर गौतम लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...