तनहुँमा करेन्ट लागेर मृत्यु ,गण्डकी प्रदेश प्रहरी गतिविधि

तनहुँ: करेन्ट लागि मृत्यु

मिति २०७८।०३।२६ गते अन्दाजी १४:५० बजेको समयमा जिल्ला तनहुँ ऋषिङ गाँउपालिका-१ स्थित बनाउदै गरेको नयाँ घरको सटिङ गर्ने क्रममा ऐ.बस्ने वर्ष २८ को सञ्जु थापा मेन लाईनमा छुन गई करेन्ट लागि घाईते भई उपचारको क्रममा मृत्यु भएको, घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।

मनाङ: लडि मृत्यु

मिति २०७८।३।२६ गते अन्दाजी ९:०० बजे जिल्ला मनाङ ङिस्याङ गाँउपालिका-३ नावल स्थित नावल देखी मुम्चे जाने पैदल गोरेटो बाटोबाट अन्दाजी २० मिटर तल कच्ची सडकमा खसी जिल्ला गोरखा आरुघाट गाँउपालिका घर भई हाल जिल्ला मनाङ ङिस्याङ गाउपालिका-४ हुम्देमा बस्ने वर्ष अन्दाजी ५२ को ज्ञान बहादुर धमला मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...