गण्डकीमा कोरोनाबाट ७ जनाको मृत्यु, ३०० जना संक्रमणमुक्त

पोखरा, असार २७ गते ।गण्डकीमा कोरोना संक्रमति ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु भएका मध्य पोखरा महानगरपालिका दुई जना रहेका छन् भने तनुहँका एकजना, बाग्लुंगका दुई जना स्यांजा र तनहुँका एक एक जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै गण्डकीमा ४१० जनामा संक्रमण पुष्टि भएको छ भने ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकीमा संक्रमितको संख्या ५९१६४ रहेको भने ५५२७२ जना निको भएका छन् । हाल गण्डकीमा २८९१ जना संक्रिय संक्रमित रहेका छन भने १००१ जनाको संक्रमणबाट मृत्यु भएको छ । आइतबार कास्कीका २१४, बागलुंगका ११९, तनहुँका ११, स्यांजाका ४, नवपरासी पूर्वका ४, लमजुंगका १५, गोरखा १०, पर्वत २९, म्याग्दीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...