गाउँमा श्रीमतीहरुको झगडा भएको निहुँमा दुबइमा श्रीमानहरुको लडाइँ, दुवै जेल पुगे

काठमाडौं। रोजगारीको लागि खाडी देश गएका २ जना व्यक्तिहरुका श्रीमतीहरुको गाउँमा लडाइँ भयो । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा श्रीमानहरु दुबइमै लडे । अन्ततः ती दुवैलाई जेल सजाय भएको छ । यी दुवै परिवार पाकिस्तानी हुन् । पाकिस्तानमा श्रीमतीहरुबीच भएको झगडा दुबइमा रहेका श्रीमानहरुसम्म पुगेपछि यस्तो भएको हो ।

यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्छन् । उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झगडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई होच्याएर बोल्न थालेका थिए । दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार छोटकरीमा नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु काटने हतियारले आक्रमण गरेका थिए । जसका कारण पीडित १० प्रतिशत स्थायी अपांग भएको गल्फ न्यूजले जनाएको छ ।

पीडितका अनुसार उनलाई आक्रमण गर्नुभन्दा पहिले उनलाई निकै अभद्र गाली गरिएको थियो । यसको कारण पीडित र आक्रमणकारीका श्रमितीहरुबीच पाकिस्तानमा भएको झगडा थियो । मेडिकल रिपोर्टमा पीडितको हात भाँचिएको र टाउकोमा चोट लागेको पाइयो । उता आक्रमण गरेको आरोप लागेकाहरुले पनि पीडित र उनका दाजु मिलेर आफूहरुलाई होच्याएको आरोप लगाएका छन् । अन्ततः दुई आक्रमणकारीहरुलाई भौतिक आक्रमण र होच्याएको आरोपमा मुद्दा चलाइएको छ भने पीडितविरुद्ध पनि अर्को पक्षलाई होच्याएको आरोप लगाइएको छ । फैसला सेप्टेम्बर ७ मा आउने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...