इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

काठमाडौं, असार २८ गते । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो ।


निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो ।

यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...