पोखरा महानगरद्धारा सुन्तला बगैँचा सुधारका लागि किसानलाई प्रोत्साहन रकम

पोखरा, असार ३१ गते । पोखरा महानगरपालिकाले सुन्तला बगैँचा सुधारका लागि प्रोत्साहन गर्न किसानलाई अनुदानका रुपमा उपलब्ध गराएको छ । मेयर प्रविधिमैत्री बगैँचा ब्यवस्थापन अभियान अन्र्तगत किसानलाई प्रोत्साहत वापत अनुदानउपलब्ध गराएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।बगैंचा ब्यबस्थापनको कमिले सुन्तला बगान मर्दै गएकोले यो अभियान सन्चालन गरिएको हो


चालु आर्थिक वर्षमा महानगरले बगैँचा सुधारका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।महानगरले सुन्तला किसानलाई प्रोत्साहन गर्न मेयर प्रविधिमैत्री बगैँचा ब्यवस्थापन अन्र्तगत तीन वर्षमा ४५ लाख रुपैयाँ वितरण गरिएको उहाँले बताउनुभयो । चालु आव र अघिल्ला दुई वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिएको र आगामी आर्थिक वर्ष २०७८÷७९ कालागि २० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख कडरियाले बताउनुभयो ।

चालु आवमा पोखरा महानगरपालिकाका २०४ जना सुन्तला किसानलाई १५ लाख रुपैयाँ वितरण गरिएको बताउनुभयो । अनुदान उपलब्ध गराउदाँ मलखाद प्रयोग गरेका पाँच वर्ष माथिका विरुवाको प्रति विरुवा ३० रुपैयाँ, बोडो पेस्ट लगाए्रका पाँचवर्ष माथिका विरुवाको ३० रुपैयाँ, बोडो मिक्स्चर स्प्रे गरेका पाँच वर्ष माथिका विरुवालाई २० रुपैयाँ र छाप्रो प्रयोग गरेको पाँच वर्ष माथिका विरुवालाई २० रुपैयाँका दरले प्रोत्साहन स्वरुप रकमउ पलब्ध गराएको हो ।


कृषि महाशाखाले बिहिबार पोखरा २१ फेदिपाटनका किसालाई रकम वितरण गरेको छ । पोखराको भरतपोखरी, कृष्ति, निर्मल पोखरी, पुम्दीभुम्दी र हेम्जा सुन्तलाकालागि पकेट क्षेत्रका रुपमा रहेका छन् । सुन्तलाले धेरै किसानको जीवन बदलेको र अहिले रोगले विरुवा मर्न लागेपछि बगैचाँ सुधारका लागि महानगरले यो कार्यक्रम सञ्चालन गरेको महानगर कृषि महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।उहाँकाअनुसार महानगरभित्र चालु आर्थिक वर्षमा  सुन्तला र कागतिका २० हजार विरुवा रोपिएको समेत बताउनुभयो ।

सबैभन्दा बढि ६० हजार रुपैयाँ प्राप्त गर्नुभएका ब्यवसायीक सुन्तला किसान प्रकाश पौडेलले २०३४ सालदेखि सुन्तला खेती सुरु गरेको बताउदै उचित मुल्य पाउन नसकिएको बताउदै महानगरले न्यूनतम मुल्यनिर्धारण गरे राहत हुने बताउनुभयो । उहाँले ३० रोपनीमा सुन्तला खेती गदै आउनुभ्एको छ । गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक बासु रेग्मीले उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताउदै बगैँचा सुधारमा तीनै तहका सरकारले सहयोग गर्ने बताउनुभयो । उत्पाद बृद्धि भएमात्रै अनुदानको सदुपयोग हुने बताउदै अनुदानकालागि बास्तविक किसानको पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।सुन्ताल किसानहरुकै घरमा पुगेर आज वितरण गरिएको हो ।गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक बासु रेग्मी र महागनर कृषि महाशाखा प्रमुख मनहर कडरियाले किसानलाई रकम प्रदान गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...