नेपालमा पश्चिमीकरण र त्यसको प्रभाब

लेखक: TN Devkota

नेपालमा प्राचीन कालदेखी नै मानव बसोबास रहेको पाईन्छ। पश्चिम नेपालको बुटवल स्थित तिनाउ नदि किनारमा प्राप्त रामापिथेकसको प्राप्त अबशेषलाई प्रमाणको रुपमा लिन सकिन्छ। नेपालमा गोपाल, महिसपाल, लिच्छवि र शाहबंशले लामो समय शासन गरे। त्यस समय धर्मका आधारमा राज्य संचालन हुने प्रचलन थियो। भारत बर्षमा हुने विभिन्न किसिमका बिद्रोह,द्वन्द्व , हिंसाबाट प्रभावित समुदाय पनि आफुलाई सुरक्षित महसुस गर्न नेपाल उपत्यका प्रबेश गरि शासन चलाउन थालेको पाईन्छ। नेपालमा पश्चिमाहरु प्रबेश कसरी भयो भन्ने बारेमा अध्ययन गर्नुपर्दा जब भारती भुमिमा ब्यापारको शिलशिलामा आएका अंग्रेज़हरु ब्यापारका साथ साथै आफ्नो उपनिवेश कायम गरि त्यहाँको शासन ब्यबस्था समेत आफ्नो हातमा लिन सफल भए। नेपाल उपत्यका पनि उनिहरुको नजरमा परिसकेको थियो। ईसाई पादरीहरु विभिन्न बाहाना बनाई नेपाल प्रवेश गर्ने गर्थें।

ईसाईको आगमन बिशेश गरि मल्लकालमा भएको पाईन्छ। मल्ल राजाहरु आपसी लडाइँ र झगडा गरिरहदा सत्ताको कमजोर भईरहन्थो त्यसलाई पादरीहरु आफ्नो उचित मौका ठान्थे। जब नेपाल उपत्यका माथी गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि ईसाई पादरीप्रती कठोर नीति अपनाए फलस्वरूप ईसाई पादरी सरकारको निगरानीमा परिरहन्थे। पृथ्वीनारायण शाहको मृत्युपछि उनका उत्ताधिकारी योग्य नहुदा नेपालको दरबारमा उनिहरुले आफ्नो राम्रो उपस्थिति जनाउने मौका पाए फलस्वरूप नेपालले ईस्ट ईन्डिया कम्पनी सग नेपालले ब्यापारिक सन्धी गर्न सफल भयो। बि.स. १८७२ को सुगौली सन्धी अनुसार नेपाल राज्यमा अंग्रेज़ दुताबास खोलियो। त्यसपछी उनिहरु नेपालमा आएर धर्म प्रचार गर्न थाले त्यति मात्रै नभएर नेपालको आन्तरिक राजनीतिमा समेत उनिहरुको हात रहन गयो। अंग्रेज़हरु अत्यन्तै चलाख र दुरदर्शि थिए। उनिहरुले जुनसुकै परिस्थितिलाई आफू अनुकुल बनाउन माहिर थिए।

[bs-quote quote=”हिन्दु धर्म मान्ने ठुलो समुदायको रुपमा रहेको दलित समुदायलाई ईसाई धर्मले प्रभाब पार्न थाल्यो” style=”style-2″ align=”left”][/bs-quote]

नेपाल प्राचीन कालदेखि नै हिन्दु र बौद्ध धर्म मान्ने समुदाय रहेको पाईन्छ। पृथ्वीनारायण शाहले हतियार र व्यापार कोठि सन्चालनार्थ केही मुसलमानी ल्याएका थिए उनिहरुलाई गोरखा र उपत्यकामा बस्ने ब्यबस्था गरिएको पाईन्छ। जब नेपालमा पछिल्लो समय कुटनितिक समन्ध कायम गरेपछी युरोप तथा अमेरिकीहरु पनि नेपालमा आउन थाले। क्रमश नेपालमा ईसाई धर्मको प्रभाब पर्न गयो। नेपालमा बहुसंख्यक जनता हिन्दु धर्म मान्ने भएको भएपनी बिदेशी प्रभाब, धर्मको आधारमा जातिय विभेद, गरिबी, अभाव जस्ता कारणले ईसाई धर्मको प्रभाब पर्न थाल्यो। हिन्दु धर्म मान्ने ठुलो समुदायको रुपमा रहेको दलित समुदायलाई ईसाई धर्मले प्रभाब पार्न थाल्यो। समाजमा भएको जातीय विभेद, अन्याय, अत्याचार भएको कारण पनि उनिहरुलाई आफ्नो हिन्दु धर्मप्रती अपनत्व महसुस हुन सकेन। जुन हिन्दु समुदाय भन्दा ईसाई समुदायमा बढी उदार देखियो परिणाम स्वरुप ईसाईको जनसंख्या दिनप्रतिदिन वृद्धि हुन पुग्यो। २०६८ सालको जनगणना अनुसार नेपालमा १.४% जनसंख्या ईसाइ धर्म मान्ने पुग्न थाले।

विभिन्न सहयोगको नाममा दातृ रास्ट्रमार्फत सहयोग आउन थाल्यो। NGO/INGO जस्ता सस्था नेपालमा दिनानुदिन थपिदै गए अन्त्तत पश्चिमीकरण र ईसाई धर्मले समेत बढवा पाउदै गयो। २०६२/६३ सालको परिबर्तन सगै नेपालमा हिन्दु राज्यबाट धर्मनिरपेक्ष राज्यको रुपमा नेपालको सबिधानमा नै घोषणा गरियो। सबिधानको धारा १८ अन्तर्गत समानताको हक मार्फत धर्मको आधारमा विभेद गरेमा कानुन बमोजिम हुने ब्यबस्था गरियो। विभिन्न अन्तरास्ट्रिय सन्धी मार्फत नेपालले धर्मको आधारमा बिभेद नगर्ने नितिलाई अबलम्बन गर्यो। यसरी नेपालमा पश्चिमा देशको प्रभाब सगै ईसाई धर्मको पनि प्रभाब पर्न थाल्यो । हिन्दु धर्मका केही कुप्रथा, जातीय विभेद, नयाँ सस्कृतिको मोह, उदारबादी धर्म, नेपालिमा स्वतन्त्रताको प्रभाब जस्ता अनेकौं कारणले गर्दा ईसाई धर्मप्रती मानिसको आकर्षक बढेको पाईन्छ। आजको बिश्वमा विश्व बन्धुत्वको भाबनाले गर्दा सबै नागरिक समान हौ भन्ने भाबनाको बिकास हुनुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ। साथै जात र धर्म, अन्धबिस्वास, रुढीबादी कुप्रथाको अन्त्य गर्नु हामी सबैको दाहित्व हो।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...