६२ औ बार्षिक दिवस बिशेष: कोभिडका बिच त्रिभुवन विश्वविद्यालय

अधिवक्ता न्हुंछेनारायण श्रेष्ठ

नेपालमा उच्च शिक्षा प्रदान गर्ने नेपालमा एघार वटा विश्वविद्यालयहरु, चार वटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको स्थापना बि.सं. २०१६ सालमा भएको हो । त्रि.वि.मा ४ वटा अनुसन्धान केन्द्र, ४ वटा संकाय र पांच वटा अध्ययन संस्थानहरु रहेका छन् । त्रि.वि. ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रिय विश्वविद्यालयको रुपमा मान्यता प्रदान गरेको संस्था त्रिभुवन विश्वविद्यालयले आफ्नो ६२ औ बार्षिक दिवस कोरोनाका कारण काोरोनाको पूर्वसावधानी अपनाएर सिमित कार्यक्रम गरी मनाउनुलाई सकारात्मक रुपमा लिनुपर्दछ । विभिन्न आरोह अवरोह पार गर्दै, विभिन्न कालखण्डहरु पार गर्दै त्रि.वि.ले नेपाल र नेपालीहरुको ईच्छा, चाहनालाई समेट्दै नेपालीहरुका सपना साकार पार्नका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको छ । यस कार्यलाई त्रि.वि.ले नेपालमा उत्पादित दक्ष जनशक्तिहरुलाई स्वदेशमै रोजगारको समेत अवसर सिर्जना गरेको पाइन्छ । शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगतिहरुलाई छटाउंदै संविधानप्रदत शिक्षा सम्बन्धी हकलाई कार्यान्वयन गराउन समेत त्रि.वि. अग्रसर भएको देखिन्छ ।
अन्तराष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल तथा विश्वका ठुला विश्वविद्यालयहरुमध्येको एक त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गर्नु राष्ट्रकै गौरबको बिषय पनि हो । त्रिभुवन विश्वविद्यालयले शिक्षा जगतमा समयानुकुल परिवर्तन गर्दै आम नागरिकहरुलाई शिक्षित बनाउने मूल ध्येय बोक्दै शिक्षामा गुणस्तरीय, बैज्ञानिकीकरण गर्दै जाने अठोटका साथ उभिएको संस्था रहेकैले विद्यार्थीहरुको चाप बढ्नुलाई सकारात्मक मान्नसकिन्छ ।
त्रिभुवन विश्वविद्यालय सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको तह निर्धारण गर्दै आइरहेको बेलायतको टाइम्स हायर एजुकेशन संस्थाले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रि.वि. उत्कृष्ट एक हजार विश्वविद्यालयहरु मध्येको एकमा सुचिकृत हुनु गौरवको बिषय मान्नसकिन्छ । यो सफलता संगसंगै त्रि.वि. ले शिक्षाको गुणस्तर, बैज्ञानिकीकरण शिक्षा, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि ठोस पहल गर्दै शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।

अहिलेको प्रमुख चुनौती भनेको कोभिड संग जुध्दै शिक्षा क्षेत्रमा फड्को मार्ने हो अर्कातर्फ त्रि.वि. बाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण कार्य रहेको छ । नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलीक हकको रुपमा सुनिश्चितता प्रदान गरेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक पहुंच र खिचातानीबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढउंदै उत्पादीत जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने चुनौती त्रि.वि. समक्ष थपिएको छ । त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधीलाई विश्वका अन्य विश्वविद्यालयहरुले समेत समकक्षता प्रदान गर्दै आईरहेको छ । त्रिभुवन विश्वविद्यालय दक्षिण एशियाकै उत्कृष्ट विश्वविद्यालयको रुपमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले समयानुकुल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासको लागि आफ्नो दक्षता, सिप प्रस्तुत गरेकै कारण त्रि.वि. बाट दिक्षीत हुनेहरुको संख्या बषेर्नी बढ्ढै गइरहेको छ । दिक्षीतहरुले गरेको अध्ययन, अनुसन्धानलाई राज्यले उचित स्थान दिनुपर्ने आवश्यकता रहेको देखि
न्छल ।

शिक्षा क्षेत्रमा सुधारका लागि कोभिड १९ महामारीका कारण बन्दाबन्दी, त्यसपछिको निषेधाज्ञा, त्यसपछि हालसम्म पनि त्रि.वि. मा कार्यरत शिक्षक तथा कर्मचारीहरु कोभिडका कारण ग्रसित भएका छन् । कोभिड १९ को महामारीका कारण विश्वविद्यालयहरुका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु पठनपाठन, परीक्षा, अनुसन्धान सबै नै अवरोध हुन गई शैक्षिक सत्र नै खेर जाने स्थिति लाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गरी शैक्षिक क्यालेण्डर विग्रन नदिनुलाई सकारात्मक मान्नुपर्दछ । त्रि.वि. सुधारका लागि अघि बढाईएका योजनामा केन्द्रीकृत भई त्रि.वि.को भौतिक पूर्वाधारमा सुधार, प्रविधि मैत्री विश्वविद्यालय, प्राध्यापकहरुको क्षमता अभिवृद्घि, क्याम्पसहरुको प्रभावकारी नियमन, सरकार तथा उपभोक्ताहरुसंग समन्वय गरी पाठ्यक्रम परिमार्जन, त्रि.वि. लाई अन्तराष्ट्रियकरण गर्दै जाने, कानूनी रुपमा सवल त्रि.वि., निश्चित शैक्षिक पात्रो, परीक्षा प्रणालीमा सुधार, बजारमुखी स्वरोजगारमूलक जनशक्ति उत्पादन, अनुसन्धान कार्यलाई प्राथमिकतात्रि.वि.अल्यूमुनाइलाई विश्वविद्यालयको हितमा प्रयोग गर्ने, विद्यार्थी वर्गका लागि क्याम्पसमा खेलकुदको समुचित व्यवस्था तथा सम्बन्धन प्राप्त कलेजहरुमा १०% छात्रवृत्तिको व्यवस्था र सुशासनमा जोड जस्ता कार्यमा त्रि.वि. ले कोही कसैसंग सम्झौता नगरी अघि बढ्ने प्रण गर्नुपर्ने आवश्यकता रहेको छ ।
त्यस्तैगरी त्रि.वि. ले उच्च शिक्षामा सबैको समान पहुंच पुगोस भन्ने उद्घेश्यका साथ नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई महत्वका साथ लागू गरिसकेको छ । त्रि.वि.को प्रगति उन्नतिका लागि शिक्षक, कर्मचारी र विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहन्छ । अतः त्रि.वि. मा देखिएका विकृति, विसंगति हटाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । देश संघीयतामा गइसकेपछि नेपाल सरकारले सातवटै प्रदेशमा विश्वविद्यालयको स्थापना गरिसकेको छ । त्रि.वि. ले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजहरुलाई व्यवस्थीत र पारदर्शी बनाउंदै अघि बढेकै कारण त्रि.वि. मा अध्ययन गर्नेहरुको चाप अझै घट्न सकीरहेको छैन् । नेपाल सरकारको समृद्घि र विकासलाई सार्थकता तुल्याउन समेत त्रि.वि.को भूमिका महत्वपूर्ण हुनु आवश्यक रहेको छ ।

त्रि.वि.मा समय समयमा विभिन्न राजनीतिक दल तथा संगठनहरुले विभिन्न मागहरु राखी गरिने बन्द, हड्तालका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भई शैक्षिक क्यालेण्डर समेत प्रभावित हुन गई दुई बर्षे कोर्स लाई तिन बर्ष लाग्ने गरेको कटु यथार्थ छिप्नसक्दैन् गुणस्तरीय शिक्षा र शिक्षामा वैज्ञानिकीकरण गर्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिवद्घताहरु सरकार र राजनैतिक दलहरुले गरेको बर्षौ भईसक्दा पनि कार्यान्वयन हुनसकिरहेको छैन् । अर्कातर्फ विश्वविद्यालयमा राजनीतिक भागवण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराको अन्त्य हुनसकिरहेको छैन् ।
त्रि.वि.ले अबका दिनहरुमा आफ्ना पाइलाहरु शैक्षिक गतिविधिमा केन्द्रीत गर्दै त्रि.वि. मा हुने गरिएको राजनीतिक नियुक्ति अन्त्य गर्दै योग्य र बरिष्ठताक्रम अनुसार नियुक्ति गर्नुपर्ने आवश्यकता रहेको छ । त्रि.वि. ले अन्तराष्ट्रिय परिवेश अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्दै अघि बढ्नुपर्दछ । त्रि.वि. मा हुने गरिएको राजनीतिक नियुक्ति, सरुवा, बढुवालाई अन्त्य गर्दै योग्यता र क्षमतालाई प्राथमिकता दिंदै शिक्षामा ब्यापक सुधार गर्दै त्रि.वि. अगाडी बढ्नसक्नु पर्दछ ।

हामो देशमा रहेका विश्वविद्यालयहरु देशमा कोभिडका समयमा कसरी अगाडी बढ्ने भन्ने रणनीति बुन्नमै व्यस्त रहेको देखिन्छ । विश्वविद्यालयहरुको मुख्य उद्धेश्य खोज र अनुसन्धान भएता पनि महामारीका बेला अत्यावश्यक सामग्रीहरु निर्माण, जनचेतना, रोग उत्पन्नका कारण लगायतको विषयहरुमा खै अध्ययन अनुसन्धान गरेको? मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका शिक्षक र कर्मचारीहरु थुप्रैले ज्यान गुमाइसके । अहिले पनि थुप्रै संक्रमित उपचार गरीरहेका छन् तर पनि सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई खोप उपलब्ध गराउनको लागि कुनै ठोस पहल गर्नसकेको देखिंदैन् । केही संकायहरुले अनलाइन कक्षा शुरु गरेका छन् तर अघिल्लो समेष्टरकै परीक्षा कसरी गर्ने दुविधाको अन्त्य हुनसकिरहेको छैन् । त्रि.वि. प.नि. कार्यालयले रोकिएको परीक्षालाई भौतिक उपस्थितिमा कोभिडका पूर्व तयारीका साथ गर्ने सूचना जानकारी दिएको छ भने इन्जिनियरिङ्ग अध्ययन संस्थानले रोकिएको परीक्षा संचालन गरीसकेको छ । कोभिडको जोखीम कायमै रहेता पनि परीक्षा संचालन हुनु सकारात्मक मान्नसकिन्छ ।

महामारीका बेला विश्वविद्यालयहरुलाई नेपाल सरकारले चलायमान गर्नुपथ्र्यो तर त्यस्को उल्टो शैक्षिक संस्थाहरु बन्द गराएर खोज, अनुसन्धानको बाटो बन्द गरेको देखिन्छ । सिमित शिक्षक, कर्मचारीहरु राखेर विश्वविद्यालयहरुका कैयन समस्याहरु जस्तै रेकडिङ्ग सिष्टम, परीक्षा प्रणाली, जग्गा, भवन, भौतीक सम्पतिहरुको तथ्यांक, आर्थिक क्षेत्र अन्तर्गत बेरुजु, पेश्की लगायतको विवरण अद्यावधिक, शिक्षक, कर्मचारीहरुको लगत कम्प्युटराइज्ड प्रणालीमा राख्न सकिन्थ्यो यसतर्फ विश्वविद्यालयका पदाधिकारीहरुको ध्यान गएको देखिंदैन् । अहिले पनि कतिपय शैक्षिक संस्थाहरुमा कम्प्युटराइज्ड सिष्टम प्रयोग गर्नसकिएको छैन् । कोभिड लगायत प्राकृतिक प्रकोपको समयमा विश्वविद्यालयहरुले के गर्ने, के नगर्ने, के कसो गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धान गर्नु अपरिहार्य रहेको देख्न सकिन्छ ।

अहिलेको अवस्थामा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानलाई कोभिड रोकथामको लागि अध्ययन अनुसन्धान केन्द्र बनाउन सकिन्थ्यो भने इन्जिनियङ्गि अध्ययन संस्थानलाई प्राविधक जनशक्ति केन्द्रको रुपमा स्थापित गर्नुपर्दथ्यो । किनकी कोभिडका बेला आवश्यकपर्ने बेड, उपकरण लगायतका सामग्रीहरु निर्माणका लागि इ.अ.सं.ले खोज, अध्ययन अनुसन्धान गर्नसक्थ्यो । त्यस्तै गरी सेनिटाइजर लगायतका सामग्रीहरु नेपालमै उत्पादन गर्न सकिन्थ्यो यस तर्फ त्रि.वि. र नेपाल सरकारको साखै ध्यान जानसकेको देखिंदैन् यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको देखिन्छ ।

देशकै सबैभन्दा पुरानो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले यतिखेर कोभिड–१९ का कारण विश्वविद्यालयका विभिन्न गतिविधिहरुमा नराम्ररी प्रभावित बन्न पुगेको देखिन्छ । विश्वनै कोभिडका कारण आक्रान्त भइरहेको बेला त्रिभुवन विश्वविद्यालय मात्र अछुतो रहने कुरा भएन् । कोभिड शुरु भए यता त्रि.वि. ले जे जति गर्नु पथ्र्यो त्यो गर्न नसकेतापनि अहिलेसम्म भए गरेका काममै चित्त बुझाउनुपर्ने अवस्था आएको देखिन्छ । शिक्षा क्षेत्रकै अग्रणी विश्वविद्यालयको रुपमा रहेको त्रि.वि.ले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सवल र शसक्त भूमिका खेलेको हामी पाउंछौं ।

लेखकः अधिवक्ता न्हुंछेनारायण श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ /

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...