नेपालमा कृषि ब्यबसायको संभावना र चुनौती

मानव समाजको सभ्यता सगै कृषिको पनि बिकास भएको पाईन्छ। ढुंगे युग, शिकारी युग हुँदै क्रमश मानव जातिले पशुपालन र कृषि गरेको पाईन्छ। नदिकिनारका सभ्यता सगै मानिसहरु स्थाई रुपमा बसोबास गर्न थालेपछी कृषिलाई महत्त्व दिएको पाईन्छ। नेपालमा शासन गर्ने पहिलो बंश गोपालबंश अर्थात गाईपालकको रुपमा रहेको र त्यसपछी महिसपाल अर्थात भैंसी पालकको रुपमा आफ्नो पेसा गरेको पाईन्छ। त्यसपछि लिच्छवि तथा मल्लकालमा कृषि र पशुपालनलाई राज्यको मुख्य पेसाको रुपमा स्विकार गरिएको पाईन्छ। यसरी नेपालमा बिगत देखि बर्तमान समयसम्म आईपुग्दा देशको प्रमुख मेरुदण्डको रुपमा कृषिलाई लिन सकिन्छ। नेपालमा राणा शासनको उत्तरार्धमा उद्योगको स्थापना हुन थाले। रघुपती जुटमिल, बिराटनगर जुटमिल, बिरगंज चिनीमिल जस्ता उद्योगहरुको स्थापना भई नेपालमा औद्योगिकरणको सुरुबाद भएको पाईन्छ।

कृषि र उद्योग नेपालको परिवेशमा एक अर्काको परिपुरक रहेको पाईन्छ।कृषिलाई आधुनिकीकरण गर्न सकेको खण्डमा उद्योगको बिकाश भई रोजगारी सिर्जना गर्नु साथै राज्यको अर्थतन्त्रमा समेत अतुलनिय योगदान दिन्छ। कृषिप्रधान मुलुक भएको र झन्डै कुन जनसंख्याको ७३.९% मानिसहरु कृषि क्षेत्रमा आश्रीत रहेको पाईन्छ। हिमालमा पशुपालन र जडिबुटी तथा पहाडी भुगोलमा फलफुल साथै तराईलाई अन्नको भण्डारका रुपमा लिन सकिन्छ। नेपाल जलस्रोतमा बिश्वको ब्राजिल पछिको दोस्रो धनी देश रहेको कारणबाट पनि कृषिको लागि निकै संभावना बोकेको छ। कृषिमा आधुनिकीकरण, कृषिसग संबंधित उद्योगको बिकास, किसानलाई प्रोत्साहन, राज्यको कृषिमा प्रयाप्त लगानी, युबालाई बिदेश पलायनमा निरुत्साहित गर्न सकेको खण्डमा प्रतिब्यक्ती आय बढनुका साथै देशको आर्थिक वृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुग्ने गर्दछ।

GDP मा समेत कृषिको योगदान २५% (१५ औ योजना) रहेको छ। कृषि उत्पादनको बिकाश र बिस्तार अझै वृद्धि गर्न सकेको खण्डमा GDP को दर अझै बढाउन सकिन्छ। नेपाली समाजमा कृषिलाई हेर्ने दृस्ठिकोण त्यही राम्रो छैन। पढेलेखेका युबाहरु कृषिमा आकर्षक नहुनु आफैमा दु:खद कुरा हो। कृषिलाई तल्लो स्तरको पेसाको रुपमा लिने, युबालाई बिदेश पठाउन खोज्ने अभिभावक धेरै छन। कृषिलाई दुखी पेसा, अनपढले मात्रै गर्ने, “राम्रोसँग पढिनस भने हलि बन्छ्स” भन्ने जुन सोचाई अभिभावक रहेको पाईन्छ। सानैदेखी त्यही सुनेको बालक मनस्थितिमा कृषि रोजाईमा परोस् पनि कसरी? यस्ता पुरातनवादी सोचभन्दा माथी नउठेसम्म कृषि पेसाप्रती मानिसको आकर्षक रहदैन। बिदेशको खाडिमा भन्दा नेपालमै केही गरौ भन्ने भावनाको बिकास अबको पुस्तामा हुनु जरुरी छ। त्यसको लागि केन्द्रिय सरकार, प्रदेश सरकार साथै स्थानीय सरकारले समेत आफ्नो योजनामा कृषिलाई प्राथमिकतामा राख्नु पर्ने हुन्छ।

युबालाई स्वदेशमा नै रोजगारि सिर्जना गर्ने, किसानको उत्पादनलाई उचित मुल्री दिने, बजारको ग्यारेन्टी गर्ने, किसानलाई कृषि औजारको उपलब्धता गराउने, समयमै मलबिउ उपलब्धता गराउने, बिचौलियाबाट किसानलाई मुक्त गर्ने, झोलामा योजना बोकेर सरकारलाई ठग्ने प्रवृत्तिको अन्त्य, किसानको बाली बिमा र सुरक्षाको ग्यारेन्टी, सिचाईको उचित प्रबन्ध, किसानलाई समाज हेर्ने दृस्ठिकोणमा परिवर्तन, किसानलाई सम्मान र पुरस्कार, साथै किसानलाई पेन्सनको ब्यबस्था गर्न सकेको खण्डमा कृषि उत्पादन बढन गई कुल रास्ट्रिय आम्दानीमा समेत वृद्धि हुन्छ।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...