एक हजार २२३ सङ्क्रमण पुष्टि,२३ जनाको मृत्यु,एक हजार ६६७ संक्रमणमुक्त

काठमाडौं, साउन ३ गते । पछिल्लो २४ घण्टामा एक हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६२८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६६७ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५५० जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...